आगलागीमा परी बालकको मृत्यु

१२ पुस ७५, शुक्रबार

उदयपुर, पुस १
उदयपुरको कटारी नगरपालिका–८ मा भएको आगलागीमा परी ४ बर्षीय बालकको मृत्यु भएको छ ।

Advertisement

बिहिवार बिहान १० बजेको समयमा कटारी नगरपालिका–८ सेतिटार खेतमा स्थानीय रामजी तामाङले आफैले बनाएको सानो गोठमा आफ्नै छोरालाई छाडी खेतमा काम गर्न गएकोमा बालकले बाबुले छाडेको लाईटर खेलाउने क्रममा अचानक आगलागी भएको थियो ।

उक्त आगलागीमा परी ४ बर्षीय बालक सुमन तामाङको घटनास्थलमा नै मृत्यु भएको थियो । मृतकको शव पोष्टमार्टमको लागि कटारी अस्पतालमा राखिएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top