राजमार्गमा उड्यो हजार र पाँच सयको नोट,अझै पत्ता लागेन पैसा उडाउने

मोरङको बेलबारीस्थित वेतना सिमसार नजिकै पुर्व–पश्चिम राजमार्गमा दिउँसो हजार ५ सयका नोट हावामा उड्न थाले । पैसा उडाउने को थिए पहिचान भएको छैन । सुन्दरहरैँचाका राजन निरौला र उत्सव दाहालले यसरी हावामा त्यसरी हावामा पैसा उडेको देखेका हुन् ।

उनीहरुका अनुसार, पुर्वबाट पश्चिमतर्फ तीव्र गतिमा कुदिरहेको मोटरसाईकल चालकको गोजीबाट हजार र पाँच सयको नोट हावामा उडेको हो । त्यसको केही समयमै मधुमल्लाका प्रेम खड्का र उर्लाबारीका नरेन्द्र खड्का पनि पैसा उड्दै गरेको देख्ने साक्षी भए ।

मोटरसाईकलको गति तीव्र भएकोले नम्बर टिप्न सम्भव नभएको उत्सव दाहाल बताउँछन् । उाीहरु चारै जना भएर सडकमा छरिएका पैसा संकलन गरे । हजारको १२ र ५०० को ८५ थान नोट भेटिएको उनीहरुले बताए ।

भेटिएको रकम इलाका प्रहरी कार्यलय बेलबारीलाई बुझाईएको छ भने शुक्रबार साँझसम्ममा कसको पैसा हो भनेर पत्ता नलागेको प्रहरीले जनाएको छ ।, यो समाचार आजको उद्घोष दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top