फोहोर उठाउनका लागि विहानै टाेलटाेलमा पुग्छन् वडा अध्यक्ष

पाँचथर : फिदिम बजारमा विहानै फोहोर उठाउने गाडीको साईरन बज्छ। जाडोले विहान अबेर उठ्नेहरु हतार हतार फोहोरका बोरा, कार्टुन बोकेर दौडन्छन् फोहोर गाडीमा राख्न। कतिपयको त यो साईरनले बल्ल निन्द्रा खुल्छ।

त्यतिवेला फोहोर उठाउने ट्याक्टर चलाईरहेका भेटिन्छन् फिदिम नगरपालिका–४ का वार्ड अध्यक्ष प्रकाश गुरुङ। उनले आफै ट्याक्टर चलाएर फोहोर उठाउन थालेको एक महिना पुग्न लागेको छ।,यो खबर आजको नागरिक दैनिकमा छापिएको छ ।

पुसको चिसोमा समेत विहानै फाेहोर उठाउने ट्याक्टर चलाउदै वार्ड अध्यक्ष टोल टोल पुगेको फोटो यतिवेला समाजिक सञ्चालमा चर्चित बन्दै गएको छ।

Advertisement

फोहोर उठाउनका लागि फिदिम नगरपालिकाका ट्रिपर र ट्याक्टर रहेका छन्। पछिल्ला दिनमा ट्याक्टर चलाउने ड्राइभर कुमार खवास विरामी भएकाले ४ नम्बर वार्डको अध्यक्ष भएपनि फिदिम–१ काे मुख्य बजार लगायतका ठाँउमा फोहोर उठाउन उनी सक्रिय छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top