भ्रमणका नाममा सुदूरपश्चिम प्रदेशका मन्त्रीले सके ३८ लाख

Share this
676shares

डोटी : सुदूरपश्चिम प्रदेशका मन्त्रीहरुले विकासभन्दा पनि भ्रमण खर्चमा रकम स्वाहा पारेका छन् । चालु आर्थिक वर्षको पाँच महिनामा सेवा सुविधा बापतको ५८ लाख रकम बुझेका यहाँका मन्त्रीहरुले भ्रमणका नाममा मात्रै झन्डै ३८ लाख बजेट स्वाहा पारेका छन् ।,यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

Advertisement

मन्त्रीहरुले सरकारी कामको सिलसिलामा जाँदा मात्र दैनिक भ्रमण भत्ताबापतको रकम पाउने प्रावधान भए पनि यहाँका मन्त्रीले त्यो प्रावधानलाई समेत लत्याएर कार्यकर्ता भेटघाट र व्यक्तिगत कामकाजको सिलसिलामा जाँदा समेत प्रदेशको ढुकुटीबाटै रकम लिने गरेको नाम नछाप्ने सर्तमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका एक कर्मचारीले बताए । ती कर्मचारीले भने– ‘मन्त्रीज्यूहरु आफ्ना कार्यकर्ता भेट्न जाने तर बिल सरकारी कामले गएको देखाएर बजे टस्वाहा पारे ।’

सुदूरपश्चिमका मन्त्रीहरुले प्रायःजसो हरेक महिना अनुगमन भ्रमण खर्चको नाममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट लाखौं रकम बुझेको देखिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top