बर्खास्त भइने डरले धमाधम समायोजनमा जाँदै कर्मचारी, १५ हजारले भरे फारम

काठमाडौं : निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन र अन्य संगठनले आफ्ना सम्पूर्ण माग पूरा नभएको भन्दै कर्मचारी अध्यादेशको विरोध गरिरहे पनि सोमबारसम्म देशभरबाट १४ हजार आठ सय ४० जनाले समायोजनमा जान फाराम भरेका छन्।,याे खबर कान्तिपुर दैनिकमा छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले संघ, प्रदेश र स्थानीय तहको निजामती कर्मचारीले फाराम भरिरहेकाले समायोजनको माहोल बन्दै गएको बताए। सरकारले बुधबार समायोजनमा जान २१ दिने सूचना जारी गरेको थियो।

कर्मचरी समायोजनसम्बन्धी अध्यादेशमा समायोजन भएको २१ दिनभित्र खटाएको स्थानमा हाजिर नहुनेलाई स्पष्टीकरण लिइने उल्लेख छ। त्यसबाट चित्त नबुझे बर्खास्त गर्न सकिने व्यवस्था छ।

Advertisement

अध्यादेशले निजामती कर्मचारीको वृत्ति विकास रोको भन्दै ट्रेड युनियनहरूले सच्याउन दबाब दिएपछि सरकारले संघीय निजामती सेवा ऐनमार्फत् वृत्ति विकास खुला गर्ने आश्वासन दिएकाे छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top