एकैदिन २० जना फरार प्रतिवादी पक्राउ

१७ पुस ७५, मंगलबार
Share this
752shares

विराटनगर, पुस १७

Advertisement

फरार प्रतिवादी पक्राउ अभियान अन्तरगत जिल्ला प्रहरी कार्यालय मोरङ तथा मातहत कार्यालयहरुबाट खटिएको प्रहरी टोलीले एकैदिन २० जना फरार प्रतिवादीहरुलाई पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङबाट बिभिन्न मितिमा भएको फैसला आदेशले कैद तथा जरिवाना फैसला भई हाल सम्म फरार रहदै आएका केही सार्जजानिक मुद्धाका ६ जना, कुटपीट मुद्धाका १२ जना, आगलागी मुद्धाका १ जना र जबरजस्ती करणी मुद्धाका १ जना गरी कुल २० जना फरार प्रतिवादीहरुलाई पक्राउ गरिएको हो ।

Advertisement

पक्राउ परेका फरार प्रतिवादीहरुलाई तोकिएको कैद सजाय तथा जरिवाना भुक्तानीको लागि जिल्ला अदालत मोरङमा बुझाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top