एमालेले ७५ जना समानुपातिक प्रदेशसभा सदस्य छान्यो

१३ पुस ७४, शुक्रबार

काठमाडौँ, १३ पुस  ः नेकपा (एमाले)ले प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको नामावली निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आज बसेको एमाले स्थायी कमिटीको बैठले सात वटै प्रदेशमा गरी ७५ प्रदेशसभा सदस्यको नाम टुंगो लगाएको पार्टीका सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

एमालले प्रदेश नं. १ मा १५, प्रदेश नं. २ मा ७, प्रदेश नं. ३ मा १६, प्रदेश नं. ४ मा १०, प्रदेश नं. ५ मा १३, प्रदेश नं. ६ मा ६ र प्रदेश नं. ७ मा ८ प्रदेशसभा सदस्यको सिट पाएको थियो ।

Advertisement

सचिव प्रदीप ज्ञवालीका अनुसार प्रदेशसभा सदस्यको नामावली यसप्रकार छन् ः
प्रदेश नं १ ः

विनादेवी राई, सावित्री जोशी, उषाकला राई, कृष्णकुमारी राई, पदमकुमारी गुरुङ, होमकुमारी साँवा, आशारत्न जबेगु, यशोदा अधिकारी, अम्बिका थापा, सरिता थापा, सावित्राकुमारी रेग्मी, सुनिताकुमारी चौधरी, जसमाया गजमेर (विश्वकर्मा), वसन्तीदेवी यादव र गुलेफुन मियाँ हुनुहुन्छ ।

Advertisement

प्रदेश नं २

त्यसैगरी प्रदेश नं २ मा सीता गुरुङ, रवीन्द्र बैठा धोवी, डा मनोजकुमार सिंह, जकतारैन देवी सुडिन साह, अनिताकुमारी यादव, मञ्जुकुमारी यादव र हसिमा खातुन हुनुहुन्छ ।

प्रदेश नं ३

प्रदेश नं ३ मा बेलिमैया घले, जुनेलीमाया श्रेष्ठ, सरस्वती बाटी, शान्ति थिङ, देवकी श्रेष्ठ (वान्तवा), इन्द्रमाया गुरुङ, सीता लामा, आशमाया तामाङ, उर्मिला कर्माचार्य, रचना खड्का, मुनु सिग्देल, सरस्वती बस्नेत, गोमा भुर्तेल, मीना ज्ञवाली (नेपाल), पार्वती सिलवाल र मैना अछामी सार्की हुनुहुन्छ ।

प्रदेश नं ४

प्रदेश नं ४ मा चन्द्रमोहन गौचन, मित्रकुमारी गुरुङ सुवेदी, सावित्रा राना, मीना गुरुङ, मायानाथ अधिकारी, सिर्जना शर्मा, प्रभा कोइराला, पुष्पा केसी भण्डारी, लक्ष्मी सुनार र जुनादेवी नेपाली हुनुहुन्छ ।

प्रदेश नं ५

प्रदेश नं ५ मा रमा घर्ती, थानकुमारी थापा चापागाईं, विमला शर्मा पन्थी, सरस्वती गौतम, जालपा भुसाल, भगवतीदेवी भण्डारी कृष्णी थारु, धमकली चौधरी, कमलादेवी विक, आशा स्वर्णकार, सुनिताकुमारी ठठेर, चिन्तावती कुर्मी र फौजिया नसिम हुनुुहुन्छ ।

प्रदेश नं ६

त्यसैगरी प्रदेश नं ६ मा मीनासिंह रखाल, बदमी क्वारी बोहोरा, पद्मा खड्का, देवी ओली, कौशिलावती खत्री र राजु नेपाली हुनुहुन्छ ।

प्रदेश नं ७

प्रदेश नं ७ मा माया भट्ट, मनाकुमारी साउद, पूर्णा जोशी, माया तामाङ बोहरा, सुशीला बुढाथोकी, चुनकुमारी चौधरी, अर्चना गहतराज र दुर्गा विक हुनुहुन्छ ।
(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top