सञ्चालन भएको महिना दिनमै जुट मिल फेरी संकटमा

१३ पुस ७४, शुक्रबार

किशोर विश्वकर्मा
विराटनगर, पुष १४
संचालन भएको महिना दिनमै विराटनगर जुटमिल पुनः संकटग्रस्त अवस्थामा पुगेको छ । विद्युत् बक्यौताको एउटा समस्या छँदैछ, ज्यालामा लगाइएका मजदुरलाई तलब दिन नसक्नु अर्को पीडा छ जुटमिलसँग । संचालन भएको महिना दिन मै विराटनगर जुटमिल पुनः संकटग्रस्त अवस्थामा पुगेको छ ।

जुटमिलले प्राधिकरणलाई तिर्नुपर्ने बाँकी बक्यौता ४१ लाखबढी पुगिसकेको छ । तर, आम्दानी शून्य हुँदा जुटमिलले बक्यौता तिर्न सकेको छैन । विद्युत् बक्यौताको एउटा समस्या छँदैछ, ज्यालामा लगाइएका मजदुरलाई तलब दिन नसक्नु अर्को पीडा छ जुटमिलसँग । अहिले संचालक समितिले ऋण लिएर मजदुरलाई ज्याला दिइरहेको विराटनगर जुट मिलका कार्यकारि निर्देशक राजेन्द्र कार्कीले बताए ।

पैसा नहुँदा मिलले ३३ केभीए प्रसारण लाइन जडान गर्न पनि सकेको छैन । बाँकी तिर्नुपर्ने अरु ऋण पनि अझै तिर्न सकेको छैन । जग्गा विक्री गर्ने भन्ने यसअघिको निर्णय कार्यान्वयन भएको छैन । मिलमा १ सय १० जना मजदुर रहेका छन् । संचालनमा आएपछि आफुहरुले घर छेउमै रोजगारी पाएको भन्दै यहाँका मजदुरहरु उत्साहित भएका छन् । तर मिल पुर्णरुपमा संचालन नहुदा आफुहरु चिन्तित् बनेको विराटनगर जुट मिलका कामदार सुधिर सिंहले बताए ।

Advertisement

जुटमिलले बोरा उत्पादन गर्नसक्ने अवस्थामा अहिले छैन । बोरा उत्पादनका लागि चाहिने ‘बबिन केयर’ पार्टसको अभाव छ । ३ हजारको संख्यामा चाहिने उक्त पार्टस अहिले ७ सय ५० वटा मात्रै छ ।

अबको ८÷१० दिनपछि बोरा उत्पादन गर्ने योजना जुटमिलको छ । दैनिक ४ देखि ६ टनसम्म उत्पादन दिनसक्ने क्षमतामा अहिले मिल संचालन भइरहेको छ । यद्यपि अहिलेसम्म धागो र सुत्री मात्रै उत्पादन भएका कारण उत्पादीत वस्तुको बजारमा माग नहँुदा समस्या देखिएको कार्यकारी निर्देशक कार्कीले बताए ।

Advertisement

बोरा उत्पादन गरेपछि मात्रै बिक्री हुने उनले जानकारी दिए । हाल जुटको बोरा र धागो उत्पादन गर्ने र अर्को वर्ष नयाँ उपकरण खरिद गरेर जुटका झोलालगायत अन्य वस्तु उत्पादन सुरु गर्ने उद्योगको लक्ष्य छ । जुटमिलको साधारणसभा यही पुस १९ गते हुने बताइएको छ । भारतको औद्योगिक समूह विनसम इन्टरनेशनलले लिजमा लिएर चलाउँदै आएको उक्त उद्योग २०७१ असोज १८ गते देखि बन्द अवस्थामा थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रम घोषणा, आवेदन खुल्ला

6e079520-4a98-4216-a901-c3a661ca88df

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

सम्बन्धित समाचार

Scroll to Top