×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

कलाकार र पत्रकारसहित ७ जना सम्मानित

२१ पुष २०७५

विराटनगर, पुस २१
मोरङको कानेपोखरी गाउँपालिका – ६ रमाइलोस्थित उज्जवल भविष्य बाल समूहले कलाकार र पत्रकारसहित विभिन्न क्षेत्रका ७ जना व्यक्तिहरूलाई सम्मान गरेको छ । बाल समूहलको चौथो वार्षिक उत्सवको अवसर पारेर रमाइलोमा एक समारोहबीच कलाकार, साहित्यकार, पत्रकार र समाजसेवी तथा उद्योगीलाई क्लबले सम्मान गरेको हो ।

सम्मानित हुनेहरूमा कलाकार दिपकराज गिरी, निर्देशक तथा निर्मता दिपाश्री निरौला, गायक सुमित खड्का, गायिका मेनुका पौडेल, पत्रकार अनिल श्रेष्ठ, साहित्यकार गंगा सुवेदी र समाजसेवी तथा उद्योगी बेनीगोपाल मुन्दडा रहेका छन् । समाज र राष्ट्रको लागि आ–आफ्नो क्षेत्रबाट विशिष्ट योगदान पु¥याएको भन्दै क्बलको वार्षिक उत्सवको अवसर पाररे सम्मान गरिएको उज्जवल भविष्य बाल समूहको संरक्षक सदस्य एविन पाठकले जानकारी दिए ।

Advertisement
Advertisement

सम्मानित व्यक्तिहरूलाई कार्यक्रमको प्रमुख अतिथि कानेपोखरी गाउँपालिकाको उपप्रमुख राजमती इङ्नाम, क्बलका अध्यक्ष विद्या दुलाल र कार्यक्रम संयोजक नवीन श्रेष्ठले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरेका थिए । सोही अवसरमा यहाँको सरकारी तथा विभिन्न विद्यालयहरूमा अध्ययनरत बालबालिकाहरूलाई क्बलले जाडोको न्यानो कपडा तथा स्कूल जाने ब्यागसमेत वितरण गरेको थियो ।

क्बलले वार्षिक उत्सव प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको अध्यक्ष दुलाले जानकारी दिए । क्लबको माध्यमबाट यहाँका बालबालिकाहरूको क्षमता र दक्षता अभिवृद्धी गर्न उल्लेखिनय भूमिका खेल्दै आएको दुलाले बताए । क्बलले यहाँका बालबालिकाहरूको नेतृत्व विकास गर्न विभिन्न कार्यक्रम समेत गर्दै आएको छ ।

Advertisement

कार्यक्रममा कलाकार दिपकराज गिरी र दिपाश्री निरौलाको प्रस्तुतीले रमाइलोबासीले छुट्टै मनोरञ्जन लिएका थिए । त्यस्तै गायक सुमित खड्काले आफ्नो राष्ट्रिय गीत प्रस्तुत गरि रमाइलोबासीलाई नचाए भने गायिका मेनुका पौडेलले हिन्दी र नेपाली चिर्चित गीत गाएर मन्त्रमुग्ध बनाइन् । कार्यक्रममा स्थानिय विद्यालयका बालवालिकाहरूले नृत्य र गीत गाएर थप मनोरञ्जन प्रदान गरे ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top