पशुपतिनाथका दर्शनार्थी गोकर्णेश्वरमा लगिने

२२ पुस ७५, आइतबार
Share this
807shares

काठमाडौँ,पुस २२

Advertisement

पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्न आउने सबै भक्तजनलाई गोकर्णेश्वर महादेव मन्दिरमा ल्याउन गोकर्णेश्वर नगरपालिकाले विशेष कार्ययोजना ल्याउने भएको छ ।

पशुपतिनाथमा श्रीयन्त्रको पूजा हुन्छ भने गोकर्णेश्वर महादेव मन्दिरमा बालयन्त्रको पूजा हुन्छ । श्रीयन्त्रको पूजा एवं दर्शन गर्नेले बालयन्त्रको पनि पूजा तथा दर्शन गरेपछि मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक मान्यतालाई जनसमक्ष प्रचारप्रसार गर्न कार्ययोजना ल्याउन लागिएको नगरपालिकाका प्रमुख सन्तोष चालिसेले जानकारी दिए ।

Advertisement

पौष कृष्ण औँसीका अवसरमा श्री कान्तिभैरव वाग्मती गङ्गा सन्ध्या आरती व्यवस्थापन उपसमितिले शनिबार साँझ गोकर्णेश्वर उत्तरगया धाममा आयोजना गरेको वार्षिकोत्सव एवं सम्मान कार्यक्रममा उनले पशुपतिनाथ–गोकर्णेश्वर–सुन्दरीमाई–श्वेतबाराही–कागेश्वरी–शालीनदी–नवतनधामलगायत तीर्थस्थललाई जोडेर धार्मिक पर्यटन प्रवद्र्धनको कार्ययोजना ल्याउन कागेश्वरी मनोहरा र शङ्खरापुर नगरपालिकासँग समेत सहकार्य गरिने बताए ।

उपप्रमुख शान्ति नेपालले धार्मिक, सांस्कृतिक, पौराणिक र पुरातात्विक महत्वको गोकर्णेश्वर उत्तरगया पितृतीर्थधामलाई दिव्यधामका रुपमा विकास गर्न नागरिक समाजसँग सहकार्य गर्न लागिएको जानकारी दिए ।

Advertisement

कान्तिभैरव गुरुकुल व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. ऋषिराम पोखरेलले स्कन्द पुराणको हिमवत्खण्ड नेपाल माहात्म्यमा उल्लेख भएअनुसारको महत्व झल्काउन गोकर्णेश्वर उत्तरगया क्षेत्रको विकासका लागि बृहत् गुरुयोजना बनाएर काम गर्न माग गरे ।

वि.सं २०७४ को पौष कृष्ण औँसीका दिनदेखि शुरु भएको आरतीका गायक दीप थापा, गौरव श्रेष्ठ, भक्तबहादुर बुढाथोकी, आरतीकर्ता अविनाश भट्ट र गौरीशङ्कर भण्डारीलगायत आर्थिक सहयोग गर्नुहुने दातालाई नगरप्रमुख चालिसेले सो अवसरमा सम्मान गरेका थिए ।रासस

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top