पुलिस बन्यो सभामुख कप च्याम्पियन

२४ पुस ७५, मंगलबार
Share this
691shares

विराटनगर, पुस २४
त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लवले दोस्रो सभामुख कप पुरुष भलिबल प्रतियोगिताको च्याम्पियन बनेको छ ।इटहरी रंगशालास्थित भलिबल कोर्टमा सोमबार भएको फाइनलमा पुलिसले बलियो आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै च्याम्पियन बन्न सफल भएको हो ।

Advertisement

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो सेटमा पुलिसले आर्मीमाथि २६–२४ को जित निकालेको थियो । दोस्रो सेट आर्मीले २५–२१ ले जितपछि खेल १–१ सेटको बराबरीमा पुगेको थियो । तर, त्यसपछिको दुवै सेटमा पुलिसले आर्मीलाई २५–२३ र २५–१७ ले निराश पार्दै च्याम्पियन बन्न सफल भयो ।

च्याम्पियन बनेसँगै पुलिसले ४ लाख रुपैयासहित सिलड मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उपविजेता बनेको आर्मीले २ लाख रुपैयमा चित्त बुझायो ।आर्मीका धन बहादुर भट्ट प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चुनिए । व्यक्तिगत विधातर्फ पुलिसका कुल बहादुर थापा उत्कृष्ट स्पाइकर, कप्तान इम राना उत्कृष्ट सेटर, दीपकराज जोशी उत्कृष्ट ब्लकर र सरोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए ।

Advertisement

आर्मीका भैरव बहादुर बम उत्कृष्ट क्वीकर र आर्मीकै इश्वर थापामगर उत्कृष्ट लिवेरो चुनिए ।प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली गरी १० टोलीको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top