सुधिर बस्नेतकी श्रीमतीको नाममा रहेको ग्लोबल आइएमइको सेयर लिलामीमा

काठमाडौँ, पुस २५
अग्नि एयर प्रालिका नाममा लिएको ऋण नतिरेको विषयको मुद्दामा ऋण असुली न्यायाधीकरणले सुधिर बस्नेतकी श्रीमतीको नाममा रहेको सेयर लिलामको प्रक्रिया थाल्न आदेश दिएको छ ।

Advertisement

न्यायाधीकरणले ग्लोबल आइएमइ बैंकबाट लिएको ऋण उठाउनका लागि बस्नेतकी श्रीमतीको नाममा रहेका सेयर लिलाम गर्ने भएको हो । बैंकले २०७० सालमा दायर गरेको मुद्दामा मंगलबार सुनुवाई गर्दै न्यायाधीकरणले बस्नेतकी श्रीमति नितु थापाको नाममा ग्लोबल आइएमइ बैंककै एक लाख ३६ हजार २३३ कित्ता संस्थापक र ५० हजार ३७८ कित्ता साधारण सेयर लिलाम गर्न आदेश दिएको हो ।

यर खरीद गर्न चाहनेले १५ दिनभित्र आवेदन दिइसक्नु पर्नेछ । सेयरको मूल्य गत १८ गतेको मूल्यांकन अनुसार हुने बताइएको छ । संस्थापक शेयरको मूल्य १८० रुपैयाँ र साधारणको २७२ रुपैयाँ हुन आउँछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top