महेन्द्र मोरङ क्याम्पसका अखिल क्रान्तिकारी अध्यक्ष यादव पक्राउ

२७ पुस ७५, शुक्रबार
Share this
712shares

विराटनगर, पुस २७
विराटनगरको महेन्द्र मोरंङ क्याम्पसका अखिल क्रान्तिकारी विद्यार्थी संगठनका अध्यक्ष अभिमन्यु यादव पक्राउ परेका छन् । उनी बिहीबार लागुऔषध मुद्दामा पक्राउ परेका हुन् ।

Advertisement

भारत तर्फबाट लागूऔषध ओसारपसार गर्ने नाइके भएको हुनसक्ने भएकाले उनीमाथि अनुसन्धान शुरु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

रानी भन्सारमा भएको प्रहरी जाँचका क्रममा सशस्त्र सीमा प्रहरी कार्यालयका सुरक्षाकर्मीले मातृका यादव भन्ने व्यक्तिलाई विभिन्न नामका ५ सय सिसी लागूऔषधसहित पक्राउ गरेको थियो ।

Advertisement

नेपाल प्रहरीको अनुसन्धानको क्रममा यादवले आफू भरिया मात्र भएको बयान दिएका थिए ।अभिमन्यु यादवमाथि कल डिटेल लगायतका अन्य प्रारम्भिक अनुसन्धान गरिसकेपछि पक्राउ गरिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

लागूऔषध ओसारपसार मुद्दामा पक्राउ परेका उनी बारम्बार विवादमा तानिने गरेका छन् । गत असार २६ गते बिहीबार बिहान क्याम्पसका सुरक्षागार्ड चेतकुमार राईलाई उनले क्याम्पस प्रमुखकै अगाडि हेल्मेटले हिर्काएर घाइते बनाएका थिए ।

Advertisement

उनले चारैतिरको दबाब आउन थालेपछि क्याम्पस परिसरमा विद्यार्थी नेताको अगाडि गार्डसँग माफी पनि मागेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top