सुरक्षाकर्मीका पोसाकमा गुणस्तर निर्धारण, अब ठेकेदारकाे बदमासी र कमिसनकाे खेल अन्त्य

काठमाडौं : नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले लगाउने पोसाकको गुणस्तर निर्धारण गरिने भएको छ। सरकारले पहिलोपटक पोसाकको उत्पादन र बिक्री मापदण्ड निर्धारण गर्न लागेको नेपाल गुणस्तर तथा नापतौल विभागका निर्देशक अनिल शाक्यले जानकारी दिए।,याे खबर राजधानी दैनिकमा छ।

Advertisement

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्रले प्रयोग गर्ने लुगा अन्य व्यक्तिको भन्दा बलियो हुनुपर्ने भएकाले पोसाकमा गुणस्तरसम्बन्धी मापदण्ड ल्याउन लागेको उनले बताए। नेपाल प्रहरी, नेपालीसेना र सशस्त्र प्रहरीले प्रयोग गर्ने पोसाकमा गुणस्तर मापदण्ड नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तर निर्धारण गरेको हो।

तीन विभागीयको मागबमोजिक नेपाल गुणस्तर तथा नापतौल विभागले पोसाकमा मापदण्ड बनाउन थालेको शाक्यले बताए। तीनै तहले प्रयोग गर्ने पोसाक बनाउँदा ठेकेदारले बदमासी गरी कमसल कपडा प्रयोग गर्ने समस्या आएपछि मापदण्ड बनाउन थालेको हो।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top