कानुन क्षेत्रले जनताको मन जित्नुपर्छ : मन्त्री ढकाल

२९ पुस ७५, आइतबार
Share this
793shares

विराटनगर, पुस २९
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले न्याय क्षेत्रलाई जनताको मन जित्ने खालको संस्थाको रुपमा स्थापित गर्न सरकारले काम गरिरहेको बताएका छन् । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा आइतबार विराटनगरमा आयोजित मुलुकी देवानी संहिता र मुलुकी अपराध संहिता सम्बन्धी अन्तक्रियामा मन्त्री ढकालले अन्यायमा परेको मानिस न्यायालय पुगेपछि शितलताको अनुभूति गर्नसक्ने अवस्थाको सृजना गर्नुपर्ने बताए ।

Advertisement

उनले हाल न्यायापालिकाले स्थायी प्रकृतिको नेतृत्व पाएकाले न्यायालयप्रति जनताको आस्था र विश्वास थप बढ्ने उल्लेख गरे । मन्त्री ढकालले मुलुकी र देवानी संहिता सबैलाई समेटिएको साझा दस्तावेज रहेको बताउँदै यसलाई सफल बनाउन सबैको साझा प्र्रयासको खाँचो रहेको उल्लेख गरे ।

Advertisement

सरकारले दुई वटा विधेयकको रुपमा १६५ वटा कानूनलाई संशोधनको प्रक्रियामा लगिसकेको बताउदै मन्त्री ढकालले सर्वोच्च अदालतको एक हजार ३३९ रिक्त दरबन्दी परिपूर्ति गर्न स्वीकृत दिईसकेको जानकारीसमेत दिए । कार्यक्रममा प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले संविधान, कानून र नागरिकको आचरण बीच अन्तर देखिएको बताउदै समाजलाई अगाडि बढाउन आमनागरिकले बुझ्ने गरी कानून बनाउनु पर्ने बताए । कार्यक्रममा स्थानीयतहका जनप्रतिनिधि, सुरक्षा निकायका अधिकारी लगायतको सहभागिता रहेको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top