डा. केसीको अनशनलाई बेवास्ता गर्दै विधेयक पारित गर्ने तयारी

काठमाडौं : डा. गोविन्द केसीले जुन विधेयकमा आपत्ति जनाएर अनशन सुरु गरेका छन्, त्यसैलाई प्रतिनिधिसभाको सोमबारको बैठकको सम्भावित कार्यसूचीमा राखिएको छ । विधेयक तत्कालै पारित गराउने सत्तापक्षको तयारी छ ।

समितिबाट प्रतिवेदन संसद्मा पेस भएको चिकित्सा शिक्षा विधेयक सम्भावित कार्यसूचीमा राखिएको संघीय संसद् कार्यव्यवस्था परामर्श समितिका अधिकृत राजन घिमिरेले जानकारी दिए । ‘सम्भावित कार्यसूचीमा रहँदैमा पारित भइहाल्छ भन्ने होइन । सभामुखले कार्यसूचीबाट हटाउन पनि सक्नुहुन्छ,’ उनले भने ।

गत १० साउनमा सरकारले डा। केसीसँग गरेको नौबुँदे सहमति हुबहु विधेयकमा समावेश गर्न नेकपाका सांसद देव गुरुङ, कृष्णभक्त पोखरेल र शान्ता चौधरीले संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गराएका थिए । विधेयक र संशोधन प्रस्तावमाथि छलफल गर्न संसद्ले गत १३ भदौमा जयपुरी घर्ती सभापति रहेको शिक्षा तथा स्वास्थ्य समितिमा पठाएको थियो ।

Advertisement

समितिले विधेयकमाथि परेका संशोधनलगायत विवाद समाधान गर्न भैरवबहादुर सिंहको संयोजकत्वमा ११ असोजमा उपसमिति गठन ग(यो । विधेयकको विषयवस्तुमाथि उपसमितिभित्र विवाद भएको थियो ।

कांग्रेसका सांसदले सहमति हुबहु समेटिनुपर्ने अडान लिए पनि सत्तापक्षका सांसदले बहुमतबाट प्रतिवेदन पास गरेका थिए । उपसमितिले पारित गरेको प्रतिवेदनलाई समितिले पनि २५ पुसमा अनुमोदन गर्दै प्रतिनिधिसभामा पेस गरिसकेको छ ।

Advertisement

उक्त विधेयक सोमबारको प्रतिनिधिसभा बैठकबाट पारित गर्ने गरी सम्भावित कार्यसूचीमा राखिएको छ ।,यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

भीआईपीको थालमै अखाद्य वस्तु, आम नागरिकको अवस्था कस्तो ?

sudan

बालेन सरकारको जालमा कसरी पर्दैछन् ठूला माछा ?

bishnu poudel

रास्वपाका १३५२ जनाले हालेनन् भोट, ४ बजे पदाधिकारी चुनाव

730748743_1685701072697124_884820329680049182_n

विश्वकप चलिरहँदा फिफाले लगायो नेपालमाथि प्रतिबन्ध

e7d1c79f-faab-434c-8176-89916b2123ee

दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरणमा, मेक्सिकोको शतप्रतिशत जित

bebe885c-9608-40df-a9c3-0218325be6f5

राजनीतिक संकटपछि भनेजुएला एकैसाथ दुई शक्तिशाली भूकम्पको भुङ्ग्रोमा

venezueala earthquake

‘हिटवेभ’ कायमै, दिउँसो बाहिर ननिस्कनुः कुन सहरमा गर्मी कति ?

garmi

सम्बन्धित समाचार

Scroll to Top