स्पेनिस ला लिगा : शीर्षस्थानको बार्सिलोनाले लेगानेसलाई हरायो

BARCELONA, SPAIN - JANUARY 13: Luis Suarez of FC Barcelona celebrates his team's first goal with team mates Lionel Messi and Philippe Coutinho (R-L) during the La Liga match between FC Barcelona and SD Eibar at Camp Nou on January 13, 2019 in Barcelona, Spain. (Photo by David Ramos/Getty Images)

एजेन्सी,माघ ७
स्पेनिस ला लिगा अन्तर्गत आईतबार सम्पन्न खेलमा अंक तालिकाको शिर्षस्थानमा रहेको बार्सिलोनाले घरेलु मैदानमा लेगानेसलाई ३–१ ले पराजित गरेको छ।

७१ प्रतिशत बल पोजेसन राखेको बार्सिलोनाको जितमा ओस्माने डेम्बेले, लुइस स्वारेज र लियोनल मेस्सीले गोल गरे। ३२ औं मिनेटमा डेम्बेलेले बार्सिलोनाका लागि अग्रता दिलाए। पहिलो हाफमा पछि परेको भ्रमणकारी टोलीका लागि मार्टिन ब्राइथवेटले ५७ औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

बार्सिलोनाका उरुगेली फरवार्ड स्वारेजले ७१ औं मिनेटमा पुनः बार्सिलोनालाई अग्रता दिन सफल भए । दोस्रो हाफमा ६४ औं मिनेटमा कार्लेस एलेनाको स्थानमा मैदान प्रवेश गरेका मेस्सीले इन्जुरी समयमा गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरे।

बार्सिलोनाले जितसंगै अंक तालिकामा ५ अंकको अग्रता बनायो। यो सँगै २० खेलमा १४ जित र ४ बराबरीका साथ बार्सिलोनाको ४६ अंक छ भने दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ४१ अंक रहेको छ । त्यस्तै तेस्रो स्थानको रियल म्याड्रिडको ३६ अंक छ ।