प्रहरी बढुवाका लागि चलखेल, डिआईजीमा आफ्ना भतिजालाई बढुवा गर्न उपप्रधानमन्त्रीको दबाव

Share this
704shares

काठमाडौं : प्रहरी बढुवाका लागि लामो समयदेखि ऐन बाधक भएकोमा मन्त्रिपरिषदको हालैको बैठकले ऐन संशोधन गरेको छ । ऐन संशोधन गरेर कानुनी अड्चन फुकेको पत्र गृह मन्त्रालयले प्रहारी प्रधान कार्यालयमा पाठाए लगत्तै बढुवाका लागि अहिले दौडधुप चर्को रुपमा बढेको छ ।

Advertisement

बढुवाका आकांक्षीहरु प्रधान कार्यालय धाउनुभन्दा पनि नेताकोमा धाउन सुरु गरेका छन् ।अहिले नेपाल प्रहरीमा डिआइजी १, एसएसपी १६, एपसी २६ सिट खाली रहेको छ । ती सिटका लागि दौठधुप चर्को रुपमा अघि बढेको हो ।

रिक्त रहेको नेपाल प्रहरीको डिआईजीमा बढुवाकालागि हालका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालका ब्याजी बिरेन्द्र श्रेष्ठको सबै तयारी गरिएको भएपनि उपप्रधान तथा रक्षा मन्त्री इश्वर पोखरेलका भतिजा बिश्व पोखरेलले समेत राजनीतिक लविङ गरेपछि बढुवाको फाईल रोकिएको छ ।

Advertisement

रिक्त रहेको डिआईजीमा आफ्ना भतिजा बिश्व पोखरेललाई बढुवा गरी दिन उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेपछि फाईल रोकिएको हो ।यो खबर आजको नेपाल समाचारपत्रमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top