नगरप्रमुखकै सक्रियतामा भ्रष्टाचार गरेको पोल खुल्यो, कमिसन नपाए बजेट फ्रिज गराउने तयारीमा कर्मचारी

६ माघ ७५, सोमबार

रौतहट, माघ ६
रौतहटको सदरमुकाम भन्दा पूर्वमा रहेको राजदेवी नगरपालिकामा भएको भ्रष्टाचारको पोल खुल्न थालेको छ । आर्थिक वर्ष समापनसंगै नगरपालिकाले नयाँ प्रमुख प्रशासकिय अधिकृत पाए पछि गतवर्षमा गरिएको कार्यहरुमा भएको भ्रष्टाचारको पोल खुल्न थालेको हो ।

काम भन्दा बढी प्राविधिक विल निर्माण देखि गुणस्तरहीन सामग्रीहरुको भुक्तानी समेत नगर प्रमुख धिरेन्द्र कुमार सिंहको आदेशमा भएको रहस्य बाहिरिन थालेको छ । रौतहट सदरमुकाम गौरमा रहेको एक होटलमा प्रमुख प्रशासकिय अधिकृत दिलिप सिंह धामी तथा प्राविधिक विल निर्माणकर्ता सब इन्जिनियर सजय पाण्डेय बिच भएको सम्वादबाट नगरपालिकामा नगरप्रमुख धिरेन्द्र कुमार सिंह, उप प्रमुख अंशु कुमारी सिंह तथा नगर प्रमुखका पराजित उम्मेदवार अनिल कुमार सिंहको विषेश योजनामा नगरपालिकामा भ्रष्टाचार भएको कुरा सहितको प्रमाण फेला परेको छ ।

जिल्लाको विभिन्न निकायमा निर्माण कम्पनीबाट ख्याती प्राप्त गरेका नगर प्रमुखले गरेको अनियमितता तथा पदिय दुरुपयोग बारे उनीहरुको सम्बादबाट प्रष्ट हुन आएको छ । नगरप्रमुखले तत्कालिन प्रशासकिय प्रमुख मनोज रजकलाई धम्काई तथा समान्य प्रलोभनमा पारी काम नै नभएको योजनाहरु समेतको भुक्तानी भएको कुरा उनीहरुको सम्बादबाट झल्किन आउँछ । नगरपालिकाले जडान गरेको बत्तिहरुमा भएको अनियमितता, पार्क निर्माणको नाममा भएको अनियमितता, औषधी खरिदमा भएको अनियमितता, जग्गा खरिदमा भएको अनियमितता तथा खाना, चिया र अन्य शिर्षकमा भएको अनियमितता बारे समेत चर्चा गरिएको छ ।

Advertisement

गतवर्षमा भएको कार्यहरुमा गरिएको भ्रष्टाचारको रकमबाट नजराना नदिएको, आउँदा दिनहरुमा पनि जबरदस्ती कार्य योजनाहरु दिलाउने प्रयासमा रहेको र कामै नगरेका योजनाहरुको नाममा यस वर्षमा पनि भुक्तानी लिन दबाव बनाइ रहेको कुराकानी समेत गरिएको छ । उनीहरुले जागिरलाई दाउमा राखेर सहयोग गर्ने कार्य गरेता पनि वेस्ता गरेकोले यस आर्थिक वर्षको रकम कामै नगरी फ्रिज गराउने समेतको योजना उनीहरुकोे रहेको संवादबाट बुझिन आएको छ ।

सदरमुकाम गौरमा भएको सास्कृति कार्यक्रमको नाममा आफुबाट ४ लाखको भुक्तानी गराए पनि नगरप्रमुखले २ लाख मात्र सम्बन्धित व्यक्तिलाई दिएको, यस वर्ष पनि पहिले नै जडान भएको विजुली बत्तीको नाममा नया रकम पुनः भुक्तान गराउन खोजिएको समेत बुझिन आएको छ । देखावटका लागि नगर प्रमुख धिरेन्द्र सिंह, उप प्रमुख अंशु सिंह र नगरप्रमुखका पराजित उम्मेदवार हाल सदस्य रहेका अनिल कुमार सिंहमा पटक पटक विवाद भए पनि काम तथा रकम बाँडफाँडमा भने सबै एक नै भएको समेत चर्चा गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top