Nepal Times
Nepal Times
3
Shares

तयारी मिस प्रदेशको : माघको दोस्रो साता पहिलो अडिसन

तयारी मिस प्रदेशको :  माघको दोस्रो साता पहिलो अडिसन

विराटनगर, माघ ९

जय मिडिया म्यानिजमेन्ट प्रा.लि. को आयोजनामा ‘मिस प्रदेश नं. १’ प्रतियोगिता हुने भएको छ । एक पछि अर्को गर्दै मनोरञ्जन आत्मक विभिन्न इभेन्टहरु गर्दै आएको जय मिडिया म्यानिजमेन्टले देश संघिय संघरचनामा गएसँगै पहिलो पटक मिस प्रदेश गर्न लागेको हो ।

माघको दोस्रो साताबाट मिस प्रदेशको अडिसन आरम्भ हुने यो प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जय मिडिया म्यानिजमेन्ट प्रालिका कार्यकारी निर्देशक निशा खतिवडाले जानकारी दिइन् ।

‘मिस प्रदेशको तयारी पुरा भएको छ,’ निशाले भनिन्, ‘माघको दोस्रो साता अडिसन सुरु हुनेछ । पहिलो अडिसन विराटनगरमा हुनेछ ।त्यसपछि दोस्रो साता १ नम्बर प्रदेशको विभिन्न जिल्लाहरुमा हुनेछ ।’ किशोरीहरुमा रहेको प्रतिभा प्रस्फुटन गर्नुको साथी उनीहरुको व्यक्तित्व विकास गर्ने उद्देश्यले मिस प्रदेश प्रतियोगिता आयोजना गर्न लागेको उनले बताइन् ।

फागुनको दोस्रो साता हुने फाइनलमा विभिन्न चरणको अडिसनबाट २५ जना किशोरीलाई छनौट गरिनेछ । जसमा उत्कृष्ट हुने प्रतियोगिलाई फाइनलमा पुग्नेछन् । ‘अडिसनको लागि आवेदन खुल्ला गरिएको छ,’ निशाले भनिन्, ‘इच्छुकले यो प्रतियोगितामा भाग लिन सक्नुहुनेछ ।’

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.