विराटनगर, पुस १७
नेपाली पोशाकको प्रवद्र्धन गर्न आह्वान गर्दै नेपालमा अन्तर्राष्ट्रिय टोपी दिवस मनाइएको छ । यसै अवसरमा गतिशिल युवा संजालले काठमाडांैमा आज विहान र्याली निकालेको छ ।
विहान ७ बजे माईतीघर मण्डलाबाट सुरु भएको र्याली बसन्तपुरमा पुगेर कोणसभामा परिणत भएको थियो ।
र्यालीमा सहभागी भएकाहरुले राष्ट्रिय झण्डा बोकेर नेपाली टोपी, दौरा, सुरुवाल नेपालको पहिचान भएको भन्दै त्यसको संरक्षण गर्न लाग्नुपर्नेमा जोड दिएका थिए ।
राष्ट्रिय पोशाक टोपीमा सजिएका उनीहरुले टोपीलगायतका राष्ट्रिय पोशाकको संरक्षण गर्न सरकार उदासिन बन्दै गएको गुनासो समेत गरेका छन । संजालका प्रचार विभाग संयोजक हिमाल थापाले नेपाली टोपीलगायतका राष्ट्रिय पोशाकको संरक्षण गर्न सरकारसँग माग गरे ।
विगत ५ वर्षयता अंग्रेजी नयाँ वर्षको दिन नेपालमा टोपी दिवस मनाउने गरिएको छ । नेपालको संस्कृतिको संरक्षण गर्न समेत टोपी दिवस मनाउन लागिएको संजालको भनाई छ ।