मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगीहरु आन्दोलित, जिल्ला प्रशासन र राष्ट्र बैंकमा ज्ञापन

१३ माघ ७५, आइतबार
Share this
796shares

विराटनगर, माघ १३
बैंकहरुले मनपरी ढंगले आफूखुसी ब्याजदर बढाएको भन्दै आन्दोलित बनेका मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगीहरुले आइतबार पहिलो चरण अन्तर्गत सिडियो कार्यालय मोरङ र राष्ट्र बैक विराटनगर शाखा कार्यालयमा ज्ञापनपत्र बुझाएका छन ।

Advertisement

उद्योग संगठन मोरङ र मोरङ व्यापार संघले संयुक्त रुपमा आन्दोलनको पहिलो चरण अन्तर्गत प्रमुख जिल्ला अधिकारी र राष्ट्र बैक विराटनगरका प्रमुखमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएर आन्दोलनको सुरुवात गरेका हुन् ।

Advertisement

बैंकले १२ देखि १८ प्रतिशतसम्म ब्याजदर पु¥याएको भन्दै उद्योगीहरु आन्दोलित भएका हुन् । प्रथम चरणका कार्यक्रमअन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री, प्रदेश सरकार, नेपाल उद्योग वाणिज्य महासंघ, विराटनगरस्थित नेपाल राष्ट्रबैंकलगायत सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाएका छन् ।

यस्तै उनीहरुले माघ २० देखि २३ गतेसम्म हरेक दिन धर्ना दिने आन्दोलनका कार्यक्रमसमेत सार्वजनिक गरेका छन् । माग सम्बोधन नभए दोस्रो चरणमा माघ २४ गते सम्पूर्ण उद्योग व्यवसायको साँचो जिल्ला प्रशासन कार्यालय मोरङमार्फत प्रधानमन्त्रीलाई बुझाउने र सोही दिन नेपाल राष्ट्र बैंकको मूल गेटमा तालाबन्दी गरेर निरन्तर धर्ना दिने उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरेले जानकारी दिए ।

Advertisement

प्रतिस्पर्धात्मक क्षमतामा ह्रास आइरहेका बेला बैंकले मनोमानी रुपमा ब्याज बढाएको भन्दै संगठन र संघ आन्दोलित भएका हुन् । मोरङ ब्यापार संघका कार्यवाहक अध्यक्ष सुनिल टिब्रेवालले केही महिनाअघि दुवै संस्थाले प्रधानमन्त्रीसहितका सरोकारवाला मन्त्रीहरुलाई भेटेर लगानीमैत्री वातावरण बनाउन सुझाव दिएको बताए ।

तर सम्बन्धित निकायबाट समस्या समाधानका लागि कुनै ठोस पहल नभएकाले विरोधमा उत्रन बाध्य भएको बताए । उनीहरुले नेपाल राष्ट्रबैंक मार्फत उद्योग, व्यवसाय क्षेत्रको राहतका लागि उत्पादनमूलक उद्योगहरुलाई प्रवाह भएको ऋणमा अधिकतम् ७ र व्यवसायिक क्षेत्रमा ९ प्रतिशतसम्म ब्याजदर कायम गर्न माग समेत गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top