भेनेजुएलाबारे प्रचण्डको विज्ञप्तिपछि अमेरिकाले माग्याे नेपाल सरकारको धारणा

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोको समर्थन र अमेरिकालगायत पक्षधर राष्ट्रको विरोध गर्दै जारी गरेको व्यक्तव्यप्रति अमेरिकाले नेपाल सरकारको आधिकारिक धारणा मागेको छ।

Advertisement

सत्तारुढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई ‘नोटिस’मा लिएको भन्दै अमेरिकी दूतावासले धारणा प्रष्ट पार्न आग्रह गरेको छ। ‘सरकारका धारणा के हो भन्ने जान्नका लागि आग्रहसहितको पत्र पठाउका छौं,’ अमेरिकी दूतावासका एक अधिकारीले भने।

अध्यक्ष प्रचण्डले गत शुक्रबार भेनेजुएलामा बढिरहेको राजनीतिक संकटबारे विज्ञप्ति जारी गर्दै अमेरिकी र उसका पक्षधर राष्ट्रका कदमको विरोध गरेका थिए।,याे समाचार आजकाे कान्तिपुर दैनिकमा छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top