काठमाडौं–तराई फास्ट ट्र्याक चार किलोमिटर छोट्याइने

काठमाडाैं : बहुप्रतीक्षित काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्र्याक) को दूरी चार किलोमिटर घट्ने भएको छ । फास्ट ट्र्याक निर्माणको जिम्मा लिएको सेनाले फास्ट ट्र्याकको लम्बाइ ७२.४ किलोमिटर कायम गर्ने जनाएको हो ।,यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

‘हाल ७६.४ किलोमिटर रहेको फास्ट ट्र्याकको दूरी चार किलोमिटर घटाइनेछ,’ सेनाका प्राविधिक उपरथी तथा काठमाडौं–तराई–मधेस द्रुतमार्ग आयोजना प्रमुख योगेन्द्र खाँडले भने, ‘घुमाउरो बाटोमा सुरुङको लम्बाइ बढाएर समग्रमा आयोजनाको लम्बाइ घटाउन लागिएको हो ।

डिपिआर तयारीको जिम्मा पाएको कम्पनीसँगको समन्वयमा लम्बाइ घटाउन लागेका हौँ ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top