पाइपलाइबाट इन्धन ल्याउन अब तीन महिनामा मात्रै लाग्ने

काठमाडौं :पाइपलाइबाट इन्धन आयात गर्न अझै थप तीन महिना लाग्नेभएको छ। नेपाल आयल निगमले आगामी मार्चभित्र पाइपबाट तेल ल्याउने बताए पनि पाइप विच्छ्याउने रुटमा पर्ने रुख व्यावस्थापन गर्न समय लाग्ने भएकाले अझैँ तीन महिना लाग्ने भएको हो ।

निगमले २६ किलोमिटर दूरीमा पाइप विच्छ्याइसकेको छ। पथलैयादेखि अमलेखगञ्ज ९ किलोमिटरको दूरीमा रहेका रुख व्यवस्थापन गर्न समय लाग्ने भएपछि तीन महिना पर सरेको हो ।

हालै मन्त्रिपरिषद्ले स्वीकृत दिएपछि सरकारले रुख व्यवस्थापनको जिम्मा टिम्बर कर्पोरेसनलाई दिएको छ। कर्पोरेसनले रुख व्यवस्थापन गर्न सात दिन अघि ३० दिने टेन्डर आह्वान गरेको छ। टेन्डर प्रक्रियाअनुसार रुख व्यवस्थापन थप तीन महिना लाग्ने देखिएको निगमको भनाइ छ।
यो खबर आजको कारोबार दैनिकमा छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top