प्रधानमन्त्री ओली गृहजिल्ला झापामा

विराटनगर, माघ १७
प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार गृहजिल्ला झापा आएका छन् । उनले दमकमा आजदेखि सुरु हुने बृहत् बाल महोत्सवको उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने कमल गाउँपालिका–३ मा रहेको शहीद धर्मभक्त माध्यमिक विद्यालयमा हुने स्वर्ण महोत्सवमा पनि सहभागि हुने कार्यक्रम छ ।

Advertisement

यस्तै प्रधानमन्त्रीले बहुप्रतिक्षित मेची पुलको उद्घाटन गर्ने कार्यक्रम तय भएको जिल्ला समन्वय समिति झापाका संयोजक सोमनाथ पोर्तेलले बताए । प्रधानमन्त्रीसँगै संस्कृति,पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी,महान्यायधिवक्ता अग्नि खरेल लगायत पनि झापा पुगेका छन् । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रधानमन्त्रीलाई भद्रपुर विमानस्थलमा स्वागत गरेका थिए । प्रधानमन्त्री ओली चन्द्रगढी विमानस्थलबाट हुने रात्रिकालीन उडानको उद्घाटन गर्दे आजै काठमाडौँ फर्किने कार्यक्रम रहेको छ ।

विसं २०२६ बाट चन्द्रगढी–काठमाडौँ उडान भर्न शुरु गरेको चन्द्रगढी विमानस्थलमा दैनिक एक हजार बढी यात्रु आउने जाने गरिरहेको विमानस्थलका प्रमुख पूर्ण चुँडालले बताए ।उनका अनुसार दैनिक यहाँबाट बुद्धएयरका दुईवटा, यतिका दुई वटा, श्री एयरका दुईवटा र हप्तामा तीन पटक नेपाल एयरलाइन्सले काठमाडौँसम्मका उडान भरिरहेका छन् । फ्रेबु्रअरी १० देखि नियमित रात्रिकालीन सेवा दिने बुद्धएयरले बुधबार राति परीक्षण उडानसमेत गरिसकेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top