टंकीसिनुवारी जेसीजको पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न

१६ माघ ७५, बिहीबार

विराटनगर, माघ १७
मोरङको टंकीसिनुवारी जेसीजको पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । शाखाले बिहीबार टंकीसिनुवारी स्थित जेसिज भवनमा आयोजित समारोहमा वर्ष २०१९ का लागि जेसी ईश्वर भण्डारीसहित कार्यसमितिलाई पदस्थापन गर्नुका साथै वर्ष २०१८ मा जेसिजका लागि योगदान पुर्याएका विभिन्न ब्यक्तिहरुलाई सम्मान गरेको छ ।

Advertisement

पदस्थापन कार्यक्रममा प्रमुख अतिथि तथा पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका क्याम्पस प्रमुख प्रा.डा विजुकुमार थपलियाले युवाहरुले सकरात्मक उर्जा थप्नका लागि सकेसम्म जेसीजको कार्यक्रमबाट लाभ लिनुपर्ने कुरामा जोड दिए ।

Advertisement

त्यस्तै संस्थापक अध्यक्ष जेसिआई सिनेटर भीमप्रसाद घिमिरेले नवस्थापित अध्यक्षलाई सफल कार्यकालको शुभकामना दिँदै नयाँ उर्जाका साथ कार्यक्रमहरु गर्न सुझाव दिए ।

Advertisement

कार्यक्रममा बोल्दै डा. सन्देशदास श्रेष्ठले तालिमहरुमा बढी भन्दा बढी ध्यान दिँदै स्तरीय तालिमहरु शाखामा ल्याउन आग्रह गरे ।कार्यक्रममा डा.उत्तमकुमार रेग्मी, महेन्द्र मोरङ क्याम्पसका विविए प्रोग्राम कोर्डिनेटर उद्गम मिश्र लगायतको उपस्थिति थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top