×

NEPAL TIMES UPDATES

Playing
संविधान संशोधनमा बालेन सरकारको पहल ः सहमति कि जटिल? || Nepal Times
Apr 09, 2026
Playing
कसरी जारी हुन्छ रेड नोटिस ? || Nepal Times
Apr 09, 2026
Playing
World News: इरानी वार्ताकार पाकिस्तान उडे,‘च्याटजीपिटी’बाट इरानको प्रस्ताव, रणनीतिक जालमा फसे ट्रम्प
Apr 09, 2026
Playing
रविको सिफारिसपछि श्रममन्त्रीलाई प्रधानमन्त्री बालेनले गरे बर्खास्त || Nepal Times
Apr 09, 2026
Playing
छु*रा प्र*हारबाट पाटनमा अस्ताए नेम्बाङ दाजुभाइ, आमा भेट्ने सपना अधुरै|| Nepal Times
Apr 09, 2026
Playing
श्रममन्त्रीलाई हटाउन र स्वास्थ्यमन्त्रीलाई सचेत गराउन रविको पत्र
Apr 09, 2026
Playing
परराष्ट्रमन्त्रीको ५दिने यात्राः जयशंकरसंगै अन्य समकक्षीहरुसंग ’साइडलाइन’ || Nepal Times
Apr 09, 2026
Playing
देउवाको फेसबुकमा सफाइ पेश, कहिले फर्किन्छन् देश ?|| Nepal Times
Apr 09, 2026
Playing
Top 15 Afternoon News || April-09-2026 || Nepal Times
Apr 09, 2026
Playing
ट्रम्पलाई रोक्ने रणनीतिमा जुटे डेमोक्र्याटहरू || Nepal Times
Apr 09, 2026

यूएईसँग नेपाल २१ रनले पराजित

१७ माघ २०७५

एजेन्सी,माघ १७
युएई भ्रमणमा रहेको नेपाल टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको पहिलो खेलमा यूएईसँग २१ रनले पराजित भएको छ ।युएईले दिएको १५४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३२ रन मात्रै बनाउन सक्यो ।

नेपालका लागि सन्दीप जोराले अर्धशतकीय पारी खेले पनि जित दिलाउन सकेनन् । उनी ५३ रनमा अविजित रहे ।नेपालको लागि सोमपाल कामीले २७ र कप्तान पारस खड्काले २५ रन बनाए भने अन्य खेलाडीले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । ओपनर प्रदीप ऐरी शून्य रनमा आउट भए ।

Advertisement

कप्तान पारस खड्का आउट भएसँगै दबाबमा आएको थियो । नेपालका लागि सातौं विकेटको लागि सोमपाल कामी र सन्दीप जोराले ३९ रनको साझेदारी गर्दै इनिङ उकास्ने कोशिस गरेका थिए । तर सोमपाल आउट भएसँगै नेपाल खेल यूएईतर्फ मोडिएको थियो ।

सन्दीप जोराले भने उत्कृष्ट पारी खेल्दै आप्नो टी–ट्वान्टी क्रिकेटको डेब्यु खेलमा नै अर्धशतक बनाउँदै ५३ रनमा अविजित रहे । नेपालका अग्रपंक्तिका ब्याट्सम्यान चल्न नसक्दा यूएईसँग पहिलो खेलमा २१ रनको हार ब्यहोर्नु र्पयो ।

यूएईका लागि कप्तान मोहम्मद नाभिद, सुल्तान अहमद र जाहोर खानले समान २–२ विकेट लिए ।यसअघि आईसीसी क्रिकेट एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५३ रन बनाएको थियो । यूएईका लागि शैमन अन्वारले उत्कृष्ट ब्याटिङ गर्दै ५९ रन बनाएका थिए । त्यस्तै, मोहम्मद उस्मान ३० र सीपी रिज्वान २२ रन बनाए । मोहम्मद बुता भने २० रन र सुल्तान अहमद ६ रनमा अविजित रहे ।

Advertisement

त्यस्तै, घुलाम शब्बेर आठ र अष्फाक अहमद दुई रनमा आउट हुदा कप्तान मोहम्मद नाभिद भने एक रनमा आउट भएका थिए ।नेपालका लागि सन्दीप लामिछाने र बसन्त रेग्मीले समान २–२ विकेट लिए । त्यस्तै, सोमपाल कामी र अभिनाश बोहोराले समान १–१ विकेट हात पारे ।तीन वटा टि–ट्वान्टी खेल खेल्ने नेपालले दोस्रो खेल भोलि शुक्रबार यूएईसँग खेल्दैछ ।

भर्खरको समाचार

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

कुनैपनि बेला युद्धविराम भंग हुन् सक्ने, लेबनानमा २५४ जना मारिए

trump

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

सम्बन्धित खबरहरु

Scroll to Top