शिलान्यासको ९ बर्षपछि मेची पुलको उद्घाटन

Share this
717shares

झापा, माघ १८
दक्षिणी झापाबासीको बहुप्रतिक्षित भद्रपुरस्थित मेची नदीमा नवनिर्मित मेची पुलको बिहीबार एक भव्य समारोहका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । नेपाल–भारतको सीमामा पर्ने मेची पुलको रिवन काटेर शिलालेख अनावरण गरेर प्रधानमन्त्री ओलीले उद्घाटन गरेका हुन् । भद्रपुरबासीको लामो सपना पुरा भएकोमा हर्षित मुर्दामा देखिएका प्रधानमन्त्री ओलीले नवनिर्मित पुल माथि पैदल हिँडेका थिए । यता पुल उद्घाटनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मेची पुलको उद्घाटनसँगै यस क्षेत्रको विकासले फड्को मारेका बताएका छन् ।

Advertisement

‘पूर्वको मेची पुलदेखि नै हुलाकी राजमार्ग जोडिन्छ, मेची राजमार्गको चाराआली केचन सडक खण्ड पनि जोडिदैछ, त्यसैले यस क्षेत्रको विकास अब कसैले चाहेर राक्न सक्दैन, उनले थपे । ‘मेची पुलको दुवै तर्फको सडक जोडिएको छैन भन्ने सुनेको छु, प्रधानमन्त्री ओलीले भने, भारतकोतर्फ सडक निर्माणका लागि भारतीय प्रधानमन्त्रीसंग कुरा गरेर काम अघि बढाउँछौ । प्रधानमन्त्री ओलीले युवा समयको स्मरण गराउँदै भने, “यही मेची नदीमा पानी र बालुवा तैरिएर हाफ् प्यान्ट युवामा रेल हेर्न गलगलिया गएका थियो ।

Advertisement

कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्री रघुबीर महासेठले मेची पुलसँगै जोडिएको हुलाकी राजमार्गको काम झापामा आगामी बर्ष भित्र पूरा गर्ने बताए । साथै जिल्लाको अन्य सडकको काम पनि तिव्र गतिमा अघि बढाउन सरकार लागि परेको उनको भनाई छ । कार्यक्रममा प्रदेश सांसद ओमप्रकाश सरावगी, भद्रपुर नगरपालिका नगर प्रमुख जीवनकुमार श्रेष्ठ लगायतले बोलेका थिए ।

Advertisement

तत्कालीन उपप्रधान एवंम भौतिक योजना तथा निर्माण मन्त्री विजयकुमार गच्छदारले २०६६ माघ २१ गते मेची पुलको शिलान्यास गर्दै तीन बर्ष भित्र पुल निर्माण हुने दावी गरेका थिए । तर, गच्छदारले बोलेको कुरा तीन बर्षमा नभएर ९ बर्ष पूरा भएको छ । भारतको बंगाल तथा बिहार राज्यसंग जोडिने पुलको कुल लागत करिब ३३ करोड रहेको छ ।

 

१७ वटा पिलर रहेको मेची पुलको लम्बाई ५ सय ६० मिटर र चौढाई ९.८ मिटर रहेको हुलाकी राजमार्ग आयोजनाका निर्देशक अर्जुन थापाले जानकारी दिए । अनक एण्ड सुर्य जेभीले ३७ करोड ३६ लाख ८५ हजार ५६२ रुपैयामा ठेक्का सम्झौता गरेको थियो । निर्माण कार्य सम्पन्न भइसक्दामा ३५ करोड ९८ लाख खर्च भएको निर्दैशक थापाले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top