डा. केसीले तोडे अनसन, विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धता

काठमाडौँ, माघ १८
इलामबाट सुरु भएको प्रा. डा. गोविन्द केसीको १६ औँ अनसन २४ औं दिनमा स्थगित भएको छ । केसीले पूर्वप्रधानन्यायाधीश सुशीला कार्की र पूर्वसभामुख दमननाथ ढुंगानाको हातबाट जुस पिएर अनसन तोडेका छन् ।

Advertisement

उनका अधिकांश माग पूरा गर्दै सदनबाट राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित भएपछि पनि अनशनलाई निरन्तरता दिएका केसीले शुक्रबार साँझ स्थगित गर्ने निर्णय गरेका हुन् ।

चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा र राष्ट्रियसभाले पास भइसकेको अवस्थामा अनसन जारी राख्दा असहज अवस्था सिर्जना हुने, विरामीले दुःख पाउने र राज्यले नसुन्ने अवस्था आएकाले अनसन तोडेको उनले बताएका छन् । तर, चिकित्सा शिक्षा विधेयकमा सुधारका लागि फरक रुपमा लडिरहने प्रतिवद्धतासमेत जनाएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top