जापानलाई हराउँदै एसियन कप फुटबलको च्याम्पियन बन्दै कतारले रच्यो इतिहास

१९ माघ २०७५, शनिबार
Share this
716shares

एजेन्सी, माघ  १९
कतारले जापानलाई ३– १गोल अन्तरले हराउँदै पहिलो पटक एसियन कप फुटबलको उपाधि उचालेको छ । आबुधावीस्थित शेख जायेद स्पोर्टस सिटी रंगशालामा जारी खेलमा १२ औं मिनेटमा कतारले जापानविरुद्ध सुरुवाति अग्रता बनाएको थियो । अलमोएज अलीले गोल गर्दै कतारलाई अग्रता दिलाएका थिए । २७ औं मिनेटमा अब्देलअजिज हातिमले गोल गर्दै अग्रता दोब्बर पारे ।

Advertisement

जापानका लागि खेलको ६९औँ मिनेटमा ताकुमी मिनामोनोले एक गोल गरे । त्यस्तै खेलको ८३औँ मिनेटमा पेनाल्टीमार्फत गोल गर्दै अक्रम हसन अफिफले कतारको अग्रता ३–१ पुर्याएका थिए । सन २०२२ को विश्वकप आयोजक मुलुक कतार पहिलो पटक फाइनलमा पुगेको हो । सेमिफाइनलमा घरेलु टोली यूएईलाई ४–० गोलले हराएर कतारले सनसनी मच्चाएको थियो ।

Advertisement

यता पाँचौँपल्ट एसियन कपको उपाधि जितेर कीर्तिमान विस्तार गर्ने जापानको चाहनामा कतारले ब्रेक लगाइदिएको छ । सन २०११ मा चौथो पटक उपाधि जितेको जापान अहिलेसम्म फाइनलमा पराजित भएको थिएन । विश्वकपबाट बाहिरिएपछि जापान पछिल्लो ११ खेलमा पराजित भएको थिएन ।

Advertisement

२२ वर्षीय अलीले जिते गोल्डेन बुट
एसियन कपको कपको इतिहासमा एउटै प्रतियोगितामा सबैभन्दा धेरै गोल गर्ने कीर्तिमान बनाएर कतारका २२ वर्षीय अलमोइज अलीले गोल्डेन बुट जितेका छन् । उनले यस संस्करणमा ९ गोल गरे । उनले इरानका लेजेण्ड अली दाइले बनाएको कीर्तिमान तोडे । अली दाइले सन १९९६ मा एसियन कपको एउटै संस्करणमा ८ गोल गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top