बिराटनगर बिमानस्थलबाट डिजेल चोरी गर्ने चार जना पक्राउ

विराटनगर, माघ २०
बिराटनगर बिमानस्थलबाट डिजेल चोरी गर्ने ४ जनाको समुहलाई प्रहरीले पक्राउ गरी सार्वजानिक गरेको छ । गत पौष २२ गते राती बिमानस्थलको स्टोरमा राखिएको ४ सय लिटर डिजेल चोरीमा संलग्न ४ जनालाई प्रहरीले आईतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

डिजेल चोरी भएको भनी नागरिक उड्यन कार्यालय बिराटनगरले जिल्ला प्रहरी कार्यालय मोरङमा जानकारी गराएसंगै अनुसन्धानमा खटिएको प्रहरी टोलीले बिराटनगर महानगपालिका–४ घर भई बिमानस्थलमै चौकीदारको रुपमा कार्यरत ४८ बर्षीय भोला यादव, उनका छोरा १८ बर्षीय मुकेश यादव, २२ बर्षीय अमित यादव र बिराटनगर–४ कै १९ बर्षीय राम चन्द्र यादवलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनीहरु मध्ये चौकीदार यादवले स्टोरमा डिजेल रहेको सूचना दिने गरेको र २ छोरा तथा अर्का सहयोगीले रातको समयमा बिमानस्थलको पश्चिम तर्फको सिमानाबाट बाहिर लैजाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलकोे जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक मनोज कुमार केसीले जानकारी दिए ।

Advertisement

प्रहरीले घटनास्थलबाट लुकाएर राखेको अवस्थामा ९० लिटर डिजल समेत बरामद गरेको छ । पक्राउ परेका चारै जनालाई मुलुकी अपराध (संहिता) ऐन २०७४ बमोजिम चोरी मुद्धामा म्याद थप भई थप अनुसन्धान कार्य भई रहेको उक्त कार्यालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top