जिल्ला सदरमुकाम विवादः युद्धकालकै झल्को दिने प्रदर्शन

रुकुम : कहिल्यै नाम नसुनिएको तर गत वर्षदेखि खुवै चर्चामा आएको एउटा ठाउँ हो– रुकुमपूर्वको गोलखाडा । गतवर्ष तत्कालीन देउवा सरकारले नयाँ हिमाली जिल्ला रुकुमपूर्वको सदरमुकाम गोलखाडा तोक्ने निर्णय गरेसँगै यो ठाउँ चर्चामा आएको हो ।

सरकारले गोलखाडालाई सदरमुकाम तोकेपछि स्थानीयले दीपावली पनि गरे तर यो खुसी धेरै दिन टिकेन । सरकारले चलिरहेको अस्थायी सदरमुकाम रुकुमकोटबाट गोलखाड सार्न मन्त्रिपरिषद्बाट निर्णय गराए पनि न त्यँहा कुनै संरचना थिए न सरकारी कार्यालय नै तत्काल त्यहाँ जान माने । बरु, रुकुमकोटमा चर्को असन्तुष्टि देखियो ।

सर्वोच्च अदालतले गोलखाडा सदरमुकाम नसार्न अन्तरिम आदेश जारी गरेपछि केही समय मत्थर भएको सदरमुकाम विवाद अहिले पुनः बल्झेको छ ।

Advertisement

यसअघिका आन्दोलनहरु रुकुमकोटको पक्षमा बढी केन्द्रित हुने गरे पनि अहिले भने गोलखाडा पक्षधरहरु पनि रुकुमकोटवासीजत्तिकै सशक्त देखिएका छन् ।उनीहरु गोलखाडाको प्रदर्शनसँगै रुकुमकोटतर्फ अघि बढेका छन्, सम्भवतः बुधवारसम्म रुकुमकोटनजिक पुग्नेछन् ।,,यो समाचार आजको नेपाल समाचारपत्रमा छ।

मंगलबारको गोलखाडाको दृश्य निकै फरक थियो । ‘सोमबार साँझदेखि नै झोला र लठ्ठीसहित गाउँगाउँबाट स्थानीयवासी आउन थालिसकेका थिए ।’ स्थानीय जयमान बुढाले भन्नुभयो, ‘मंगलबार बिहानसम्म विगतको युद्धकालकै झल्को दिने गरी समूहसमूहमा भेला भएर प्रर्दशन थालिएको थियो ।’ उनीहरु प्रर्दशनपछि रुकुमकोटतर्फ हिँडेका छन् , झण्डै पाँच हजारको संख्या रहेका सुदुर रुकुमपूर्वका बासिन्दा लामबद्ध भएर युद्धकालकै छापामारको शैलीमा हिँडेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top