दलितलाई बजेटै बन्द, भोजभतेरदेखि योजना छनोटमा समेत विभेद

ओखलढुंगा : भेदभाव र छुवाछूतलाई संविधानले गैरकानुनी माने पनि व्यवहारमा फरक छ । दलित प्रतिनिधिले समेत छुवाछूत बेहोरिरहेका छन्।,यो खबर आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

सिद्धिचरण नगरपालिका–१२ का वडासदस्य सुनीता नेपालीले सडकबाट दलित बस्तीसम्म जाने घोडेटो बाटो र खानेपानीका लागि योजना माग गरेको दुई पटक भयो। योजना सूचीमै राखिन्छ तर बजेट पर्दैन। दलित भएकै कारण सुनुवाइ नभएको उनले गुनासो गरिन्।

उक्त वडाको ददलित बस्तीमा खानेपानीको समस्या मात्र होइन, टोलसम्म पुग्ने बाटो पनि निकै अप्ठेरो छ। नेपालीले भनिन्, ‘गाउँमा विकास निर्माणमा दलित बस्तीमा योजना नै पारिँदैन।’ वडाध्यक्ष्य विनोद श्रेष्ठले दलित बस्ती योजनामा प्राथमिकतामा पर्न नसकेको स्वीकार गरे।

Advertisement

उनले भने, एकैपटक धेरै कुरा सम्भव हुँदैन। दलित समुदायले माग गरेका कुरा हाम्रा प्राथमिकतामा परेनन्।’ दलित समुदायबाट माग भएर आएका योजनामा राज्य उदासीन बन्न नमिल्ने ओखलढुंगा क्याम्पसका उपप्राध्यापक डा भेषनाथ खनालले बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top