भारतले उचाल्यो इन्डो नेपाल बल ब्याडमिन्टनको उपाधि

भारतले उचाल्यो इन्डो नेपाल बल ब्याडमिन्टनको उपाधि

बिराटनगर,माघ २४
बल ब्याडमिन्टन फेडेरेशन अफ नेपालको आयोजनमा माघ २२ गते संचालन भएको इन्डो नेपाल बल ब्याडमिन्टन प्रतियोगिता बिहिबार सम्पन्न भएको छ । बिराटनगर ९, स्थित मदरटेरेसा स्कुलको खेलमैदानमा आयोजित प्रतियोगितामा भारतले नेपालका छात्रा तथा छात्रको टिमलाई पराजित गर्दे उपाधि जितेको हो ।

प्रतियोगितामा नेपालबाट ७५ जना र भारतबाट ७५ जना गरी १५० जना खेलाडीहरु सहभागी भएका थिए । प्रतियोगिताको फाइभ्स इभेन्टको तेश्रो खेलमा छात्रतर्फ भारतले ३५/१८, ३५/१८ स्कोरले नेपाललाई पराजित गरेको थियो भने छात्रा तर्फ ३५/१३,३५/२० भारतले पराजित गरेको थियो ।

डबल इभेन्टको छात्र तर्फ भारतले ३५÷३१, ३५÷१७ स्कोरले पराजित गरेको थियो भने छात्रातर्फ भारतले नै ३५/१७, ३५/१८ स्कोरले पराजित गरेको थियो । मिक्स डवल इभेन्टमा भारतका सुभम् पाण्डे र श्रुतीजिवानेको जोडी र नेपालका राजिव राय र ज्योति यादवको जोडीले प्रतिस्पर्धा गरेको थियो । उक्त प्रतियोगितामा भारतले ३५/२२, ३५/१८ स्कोर गरी नेपाललाई पराजित गरेको थियो ।

प्रदेश नं.१ का सांसद जयराम यादबको प्रमुख आतिथ्यतामा सम्पन्न पुरस्कार बितरण तथा समापन कार्यक्रममा यादबले दुई देशीय सम्बन्धलाई यस खेल प्रतियोगिताले अझ मजबुत बनाएको प्रष्ट पारे । कार्यक्रममा प्याब्सनका केन्द्रिय सदस्य राजेशकुमार दास, अभिभावक संघ नेपाल प्रदेश नं.१ का अध्यक्ष देवी पन्थी, प्याब्सन मोरंगका अध्यक्ष अर्जुन बस्नेतले मन्तव्य राखेका थिए ।

प्रतियोगितामा बल ब्याटमिन्टन फेडेरेशन अफ एसियाले तय गरेका नियमानुसार फाइवइभेन्ट, मिक्स इभेन्ट र डबल इभेन्ट खेलहरु संचालन गरिएको महासचिव अमिष रेग्मीले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.