NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान बुधबार पुस २३ , २०८२
ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट बुधबार पुस २३ , २०८२
राष्ट्रियसभामा विज्ञ होइन,नेता व्यवस्थापन केन्द्र,जहाँ हारेका विजयी हुन्छन् बुधबार पुस २३ , २०८२
Next
Prev

समाचार

महेन्द्र मोरङ क्याम्पसमा तोडफोड भएको त्यो दिन

बिहिबार माघ २४ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

विराटनगर : सोमबारको कुरा हो । करिब ५ बजेतिर आर्लाम बज्छ । म आँखा मिच्दै हतार हतार आछ्यानबाट उठेर हातमुख धुन्छु ।

लामो समय( करिब ३ महिना )पछि कलेज जानुपर्ने भएकोले अलिक चाँडै नै अफिस जाने निधो गर्छु । आफ्नो अफिसको परिचयपत्र भिरेर म साईकल लिएर बाहिर निस्कन्छु ।

अफिस मेरो कोठा भन्दा निकै नै टाढा भएकोले करिब आधा घण्टा साईकलमा यात्रा गर्नुपर्ने हुन्छ । सँधै साईकलमा हिँड्नु निकै कठिन भएपनि कलेज पढ्ने विद्यार्थीहरुको रमाईलो हेर्दै बिहानीपखका सिटी रिक्सा र अटो रिक्सा पछ्याउँदै जाँदा सडक काटेको पत्तै हुँदैन ।

सँधैँ झैँ अफिसमा गएर केही समाचार अनलाइनमा प्रकाशित गरेँ । समाचार संकलनको लागि आफू पढ्ने क्याम्पस(महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस) हुँदै स्नात्तकोत्तर क्याम्पस जाने निधो गरेर क्यामरा भिरे अनि करिब ८ बजे अफिसबाट निस्किए । क्याम्पसमा बाध्यताबश म जान भ्याउदिन । कहिले काही जाने भएकोले कक्षा कोठा थाहा भएन । आफ्नो कक्षा कोठा खोजे तर पत्तो पाउन सकिन । पहिलेकोबाट सरिसकेको रहेछ ।

चउरमा घाम तापिरहेका चिनाजानका साथीहरु देखेँ र म त्यतै गएँ । केही सँग हात मिलाएर कुरा गर्न थालँे । साथीहरुको जमघट हुँदै थियो म

पनि सामान्य गफ छाँट्दै थिएँ । कसैले बोलाउन थाले अनि मैले पनि कसैलाई बोलाएँ । तर पहिलेका केही साथीहरुले मलाई बिर्सिन थालेका रहेछन् , मैले पुनः मेरो परिचय दिएँ ।

त्यही सिलसिलामा अनेरास्ववियुका क्याम्पस अध्यक्ष नविन पहाडी दाईसँग भेट भयो , दाईले के छ कान्छा भन्नुभयो मैले पनि ठीकै छ भन्ने जवाफ दिएँ । अनि दाई ब्यबस्थापन संकायको भवनभित्र छिर्नुभयो ।बाहिर घुम्दाघुम्दै मिलनसार साथी अनेरास्ववियुका निर्मल भण्डारीसँग भेट भयो । बीबीएस तेस्रो वर्षमा अध्ययन गर्नेहरुका लागि परीक्षा फाराम खुलिसकेको रहेछ मैले फाराम भर्ने पक्रिया उसँग बुझेँ । म पत्रकारिता गर्छु भन्ने उसलाई थाहा रहेछ । त्यही भेटपछि हाम्रो चउरमा उभिएर निकै कुरा भयो । क्याम्पसमा चुनावको माहोल लागेको छ म पनि उठ्छु होला यसपालि भन्ने कुरा उसले सुनायो ।त्यत्तिकैमा मलाई चिन्ने अन्य साथीसँग भेट भयो । संयुक्त रुपमा कुराकानी हुँदैथियो । उता पहाडी दाईले विद्यार्थीहरुलाई भेला पारेर कुन्नि के भन्दै हुनुहुन्थ्यो,बुझ्न भने सकिँन । त्यही कुरा सुनेपछि मैले साथीहरुसँग चासो राखेँ ।

त्यहाँ बीबीएस दोस्रो वर्षका विद्यार्थीहरुको पहिलो वर्षका लागि छात्रावृत्ति छनौटको अन्तरवार्ता चल्दै रहेछ । त्यही क्रममा पहिलो दिनको अन्तरवार्तामा अनेरास्ववियुका अध्यक्ष नवीन पहाडी बसेको तस्वीर बाहिरिएको रहेछ । त्यसैबारे विवाद चर्किएको रहेछ क्याम्पसमा । अन्तरवार्ता दिन बाँकी विद्यार्थीको पनि अन्तरवार्ता रोकिएको रहेछ । क्याम्पसमा मैले नेविसंघका दाजु उमेश खत्री र समाजवादी विद्यार्थी फोरमका नेता राकेश रोसन यादवलाई पनि देखेँ । यता पहाडीसँगका विद्यार्थीहरु अन्तरवार्ता रोक्न पाइँदैन भन्दै कराउँदै थिए । मैलै त्यहाँ केही लामो लामो कपाल पालेका केही अन्य ब्यक्तिहरु पनि देखेँ , तर मैले कसैलाई चिन्दिनथेँ ।

यता साथी निर्मल भन्दै थियो– हिँजो नवीन पहाडीले के गर्यो कुन्नि राकेश रोशनहरु सबै आईरछन् । मत यसमा मुछिन्न, जे सुकै गरोस् ।

अन्तरवार्ता रोक्न पाइँदैन भन्ने विद्यार्थीहरुको र फेरि गराउनुपर्छ भन्ने विद्यार्थीहरुको भिँड बढ्दै थियो । एकैछिनमा तनावको अवस्था सिर्जना भयो । भित्रबाट ड्याङ्–ड्याङ् डुङ्– डुङ् गरेको आवाज सुनियो । अश्लील शब्दको वर्षा भयो केही विद्यार्थी तितरवितर भए त केही झनै जङ्गिन थाले । ठूलो भीड थियो । यता म रणभुल्लमा परे । सञ्चारकर्मीको दृष्टिकोणले मैले त्यो माहोलको भिडियो लिने विचार गरेँ तर आँट आएन ।

सोचेँ–( म सञ्चारकर्मी भनेर कसैलाई थाहा छैन रिसको झोँकमा म .माथि हातपात भयो भने के गर्ने ?प्रेस स्वतन्त्रताको पक्षमा लड्दा पनि राजनीतिक रङ दलिएका यस्ता कुराहरु त्यत्तिकै सेलाएर गएका उदाहरण छन् ।)

निकै नै तोडफोड भएपछि राकेश रोशन यादव र उमेश खत्री दाईहरु बाहिर निस्कनु भयो र जानु भयो । तर तोडफोड कसले गर्यो भन्ने मलाई थाहा भएन , त्यो कोठा भित्रको कुरा थियो । तोडफोड पछिको फोटो खिच्ने र भिडियो लिन भने म गएँ र खिचेँ । क्याम्पसको व्यबस्थापन शाखाका शाखा अधिकृतको कार्यकक्षमा भएको टेबल कुर्सीहरु फुटाईएको रहेछ ।

केही विद्यार्थीहरु फर्किएर फेरि ढोकामा लात्तीले ठटाउँदैथिए । ठटाउनेहरु भने नेविसंघ र समाजवादी विद्यार्थी फोरमका विद्यार्थी थिए । अनि तोडफोडको भिडियो खिच्नेलाई डिलिट गर्न भनेर अश्लिल शब्दको प्रयोग गर्दै थिए । फेरि केही तनाव उत्पन्न भयो । फुटाउन बाँकी रहेका फेरि फुटाउने काम भयो । तर मलाई त्यहाँ परिस्थितीले दोधार बनाईदियो म पत्रकार कि विद्यार्थी भन्ने कुरा । अन्त्यमा पत्रकार नै हुने निर्णय गरेर घटनाको वास्तविकताको बारेमा सोधपुछ गरेँ । त्यही तस्वीरको कारणले तोडफोड भएको रहेछ । मैलै नवीन पहाडीलाई पनि सोधेँ । नवीन दाईले नेविसंघका विद्यार्थीहरुले भर्ना नभएका विद्यार्थीलाई अन्तरवार्तामा सामेल गराएको भन्ने सुचना बुझ्न अन्तरवार्ता कक्षमा आफु गएको र आफु गलत नियतले नगएको बताए ।

यता नेविसंघ लगायतका विद्यार्थी संगठनका विद्यार्थीले भने अनेरास्ववियु निकटका विद्यार्थीलाई छात्रावृत्ति दिलाउन अन्तरवार्ता कक्षमा गएको आरोप लगाए ।कुरा के सत्य हो छुट्याउन गाह्रो भयो । अनि साथी निर्मलसँग सोधेँ । उसले नवीनले गरेको कुरा थाहा नभएको बतायो । उसले नवीन अन्तरवार्ता कक्षमा प्रवेश गर्नु गल्ती भएको र अन्य संगठनले तोडफोड गर्नु महागल्ती भएको बतायो ।

म भने आफुलाई, क्याम्पसलाई र राजनितिलाई धिक्कार्दै केहीबेर चउरमा रुमल्लिएँ अनि बाहिर निस्किएँ ।साईकलमा सोच्दै स्नात्तकोत्तर क्याम्पसतिर लागेँ । पढ्नलाई लामो समय क्याम्पस नआएको पनि ठीकै हो कि जस्तो लाग्यो । मेरो मनमा तोडफोडबारे अनेकौँ प्रश्नहरु खेल्न थाले –म क्याम्पस आएकै दिन तोडफोड भयो अरु बेला के हुन्थ्यो, पढाई कि तोडफोड ? छात्रावृत्ति छनौटको अन्तरवार्ता किन गोप्य हुन सकेन ? विद्यार्थी नेताहरु विचारले लड्ने कि तागत देखाउने ? क्याम्पस प्रशासनले गर्ने छात्रबृत्ति वितरणमा प्रत्यक्ष अप्रत्यक्ष किन हस्तक्षेप हुन्छ ? विद्यार्थी नेताको नाममा अनैतिक क्रियाकलाप किन ? तोडफोड गर्नेलाई कारबाही हुन्छ कि त्यसै सेलाउँछ ? सरकारी सम्पत्ति मेरो पनि हो, कसैलाई तोड्ने अधिकार छ ? अनि म निराश भए यि प्रश्नका जवाफ मैले पाउन सक्दिन भनेर ।

         टेकराज बन्जरा

लोकप्रीय

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

विचार

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२

थप समाचार

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने
समाचार

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान
समाचार

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?
समाचार

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट
समाचार

विराटनगरका मधुकर आचार्य फिफाको सहायक रेफ्रीमा छनोट

बुधबार पुस २३ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

World News: मादुरोकी पत्नीको करङ भाँचियो, फिलिपिन्समा ६.७ रेक्टरको भूकम्प || Nepal Times

00:25:47

World News: क्युबाली राष्ट्रपति सडकमा, साउदीले ८० पृथकतावादीमालाई मा*र्यो || Nepal Times

00:22:58

World News : भेनेजुएलामा ट्रम्पको शासन,किमद्वारा क्षेप्यास्त्र प्रहार, राष्ट्रसंघको बैठक सोमबार

00:26:22

World News: पाक सभामुखसंग जयशंकरको भेट, इरानमा विरोध चर्कियोः ७ प्रदर्शनकारीको मृ*त्यु ||Nepal Times

00:20:20

World News: नेपालीसहित हजारौँ आप्रवासी निकाल्ने ट्रम्पको निर्णयमा अदालतको रोक || Nepal Times

00:18:26

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

नेतान्याहु वाशिंगटन पुग्दा तेहरान युद्धको तयारीमा

अब पालो खामेनीको, मस्को भाग्ने तयारी

सोमवार पुस २१ , २०८२
खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

खुट्टामा साङ्ला बाँधेर मादुरोलाई अदालत लगियो,भने म सभ्य ब्यक्ति हुँ

मङ्लबार पुस २२ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

भेनेजुएला प्रकरणबाट ट्रम्पले चीनलाई थर्काए,मादुरोलाई उठाउनु नजिर

मङ्लबार पुस २२ , २०८२

हालका पोस्टहरू

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

रवि–बालेनमाथि फेरि खनिए ओली,२० वर्ष चुनाव नजित्ने

बुधबार पुस २३ , २०८२
कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

कांग्रेसमा महाधिवेशनको जात्रा, विशेष महाधिवेशन आह्वान

बुधबार पुस २३ , २०८२
मादुरोलाई अदालतमा उपस्थित गराईदै, अदालतमा आज के हुनेछ ?

ट्रम्पले मादुरोलाई पक्रेपछि अटलांटिक सागरमा उत्रियो पुटिनको युद्धपोत

बुधबार पुस २३ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.