×

NEPAL TIMES UPDATES

Playing
अन्तरिम सरकारको कार्यभार पूरा, सबैलाई धन्यवाद— प्रधानमन्त्री Sushila Karki को अन्तिम सम्बोधन|
Mar 26, 2026
Playing
बालेनको छातीले तान्यो सबैको ध्यान, के हो ‘सिलाम साक्मा’ ? || Nepal Times
Mar 26, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-12-2082 || Nepal Times
Mar 26, 2026
Playing
इरानमाथि ’अन्तिम आक्रमण’को तयारी, ४ विकल्प विचाराधीन|| Nepal Times
Mar 26, 2026
Playing
भारतले काठमाडौं ल्याउने रेलको नक्सा कोर्याे, चीनको पेन्डिङ|| Nepal Times
Mar 26, 2026
Playing
इजरेल–इरान द्वन्द्वले बंकरभित्र नेपाली श्रमिकको जीवन || Nepal Times
Mar 26, 2026
Playing
बालेन्द्र दलको नेतामा सर्वसम्मत, रविको प्रस्ताव, प्रधानमन्त्री बन्न सबै बाटो खुल्यो || Nepal Times
Mar 26, 2026
Playing
१० वर्ष जेलको सिफारिस भएपछि ओलीले भने भद्दा नाटक || Nepal Times
Mar 26, 2026
Playing
इरानी नौसेना प्रमुख अलिरेजा ताङसिरी मा*रि*ए || Nepal Times
Mar 26, 2026
Playing
World News: कुवेत, बहराइन र यूएईमा ह*म*ला,मादुरो अदालतमा, विश्वभर उर्जा संकट || Nepal Times
Mar 26, 2026

महेन्द्र मोरङ क्याम्पसमा तोडफोड भएको त्यो दिन

२४ माघ २०७५

विराटनगर : सोमबारको कुरा हो । करिब ५ बजेतिर आर्लाम बज्छ । म आँखा मिच्दै हतार हतार आछ्यानबाट उठेर हातमुख धुन्छु ।

लामो समय( करिब ३ महिना )पछि कलेज जानुपर्ने भएकोले अलिक चाँडै नै अफिस जाने निधो गर्छु । आफ्नो अफिसको परिचयपत्र भिरेर म साईकल लिएर बाहिर निस्कन्छु ।

Advertisement

अफिस मेरो कोठा भन्दा निकै नै टाढा भएकोले करिब आधा घण्टा साईकलमा यात्रा गर्नुपर्ने हुन्छ । सँधै साईकलमा हिँड्नु निकै कठिन भएपनि कलेज पढ्ने विद्यार्थीहरुको रमाईलो हेर्दै बिहानीपखका सिटी रिक्सा र अटो रिक्सा पछ्याउँदै जाँदा सडक काटेको पत्तै हुँदैन ।

सँधैँ झैँ अफिसमा गएर केही समाचार अनलाइनमा प्रकाशित गरेँ । समाचार संकलनको लागि आफू पढ्ने क्याम्पस(महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस) हुँदै स्नात्तकोत्तर क्याम्पस जाने निधो गरेर क्यामरा भिरे अनि करिब ८ बजे अफिसबाट निस्किए । क्याम्पसमा बाध्यताबश म जान भ्याउदिन । कहिले काही जाने भएकोले कक्षा कोठा थाहा भएन । आफ्नो कक्षा कोठा खोजे तर पत्तो पाउन सकिन । पहिलेकोबाट सरिसकेको रहेछ ।

चउरमा घाम तापिरहेका चिनाजानका साथीहरु देखेँ र म त्यतै गएँ । केही सँग हात मिलाएर कुरा गर्न थालँे । साथीहरुको जमघट हुँदै थियो म

पनि सामान्य गफ छाँट्दै थिएँ । कसैले बोलाउन थाले अनि मैले पनि कसैलाई बोलाएँ । तर पहिलेका केही साथीहरुले मलाई बिर्सिन थालेका रहेछन् , मैले पुनः मेरो परिचय दिएँ ।

त्यही सिलसिलामा अनेरास्ववियुका क्याम्पस अध्यक्ष नविन पहाडी दाईसँग भेट भयो , दाईले के छ कान्छा भन्नुभयो मैले पनि ठीकै छ भन्ने जवाफ दिएँ । अनि दाई ब्यबस्थापन संकायको भवनभित्र छिर्नुभयो ।बाहिर घुम्दाघुम्दै मिलनसार साथी अनेरास्ववियुका निर्मल भण्डारीसँग भेट भयो । बीबीएस तेस्रो वर्षमा अध्ययन गर्नेहरुका लागि परीक्षा फाराम खुलिसकेको रहेछ मैले फाराम भर्ने पक्रिया उसँग बुझेँ । म पत्रकारिता गर्छु भन्ने उसलाई थाहा रहेछ । त्यही भेटपछि हाम्रो चउरमा उभिएर निकै कुरा भयो । क्याम्पसमा चुनावको माहोल लागेको छ म पनि उठ्छु होला यसपालि भन्ने कुरा उसले सुनायो ।त्यत्तिकैमा मलाई चिन्ने अन्य साथीसँग भेट भयो । संयुक्त रुपमा कुराकानी हुँदैथियो । उता पहाडी दाईले विद्यार्थीहरुलाई भेला पारेर कुन्नि के भन्दै हुनुहुन्थ्यो,बुझ्न भने सकिँन । त्यही कुरा सुनेपछि मैले साथीहरुसँग चासो राखेँ ।

त्यहाँ बीबीएस दोस्रो वर्षका विद्यार्थीहरुको पहिलो वर्षका लागि छात्रावृत्ति छनौटको अन्तरवार्ता चल्दै रहेछ । त्यही क्रममा पहिलो दिनको अन्तरवार्तामा अनेरास्ववियुका अध्यक्ष नवीन पहाडी बसेको तस्वीर बाहिरिएको रहेछ । त्यसैबारे विवाद चर्किएको रहेछ क्याम्पसमा । अन्तरवार्ता दिन बाँकी विद्यार्थीको पनि अन्तरवार्ता रोकिएको रहेछ । क्याम्पसमा मैले नेविसंघका दाजु उमेश खत्री र समाजवादी विद्यार्थी फोरमका नेता राकेश रोसन यादवलाई पनि देखेँ । यता पहाडीसँगका विद्यार्थीहरु अन्तरवार्ता रोक्न पाइँदैन भन्दै कराउँदै थिए । मैलै त्यहाँ केही लामो लामो कपाल पालेका केही अन्य ब्यक्तिहरु पनि देखेँ , तर मैले कसैलाई चिन्दिनथेँ ।

यता साथी निर्मल भन्दै थियो– हिँजो नवीन पहाडीले के गर्यो कुन्नि राकेश रोशनहरु सबै आईरछन् । मत यसमा मुछिन्न, जे सुकै गरोस् ।

अन्तरवार्ता रोक्न पाइँदैन भन्ने विद्यार्थीहरुको र फेरि गराउनुपर्छ भन्ने विद्यार्थीहरुको भिँड बढ्दै थियो । एकैछिनमा तनावको अवस्था सिर्जना भयो । भित्रबाट ड्याङ्–ड्याङ् डुङ्– डुङ् गरेको आवाज सुनियो । अश्लील शब्दको वर्षा भयो केही विद्यार्थी तितरवितर भए त केही झनै जङ्गिन थाले । ठूलो भीड थियो । यता म रणभुल्लमा परे । सञ्चारकर्मीको दृष्टिकोणले मैले त्यो माहोलको भिडियो लिने विचार गरेँ तर आँट आएन ।

सोचेँ–( म सञ्चारकर्मी भनेर कसैलाई थाहा छैन रिसको झोँकमा म .माथि हातपात भयो भने के गर्ने ?प्रेस स्वतन्त्रताको पक्षमा लड्दा पनि राजनीतिक रङ दलिएका यस्ता कुराहरु त्यत्तिकै सेलाएर गएका उदाहरण छन् ।)

निकै नै तोडफोड भएपछि राकेश रोशन यादव र उमेश खत्री दाईहरु बाहिर निस्कनु भयो र जानु भयो । तर तोडफोड कसले गर्यो भन्ने मलाई थाहा भएन , त्यो कोठा भित्रको कुरा थियो । तोडफोड पछिको फोटो खिच्ने र भिडियो लिन भने म गएँ र खिचेँ । क्याम्पसको व्यबस्थापन शाखाका शाखा अधिकृतको कार्यकक्षमा भएको टेबल कुर्सीहरु फुटाईएको रहेछ ।

केही विद्यार्थीहरु फर्किएर फेरि ढोकामा लात्तीले ठटाउँदैथिए । ठटाउनेहरु भने नेविसंघ र समाजवादी विद्यार्थी फोरमका विद्यार्थी थिए । अनि तोडफोडको भिडियो खिच्नेलाई डिलिट गर्न भनेर अश्लिल शब्दको प्रयोग गर्दै थिए । फेरि केही तनाव उत्पन्न भयो । फुटाउन बाँकी रहेका फेरि फुटाउने काम भयो । तर मलाई त्यहाँ परिस्थितीले दोधार बनाईदियो म पत्रकार कि विद्यार्थी भन्ने कुरा । अन्त्यमा पत्रकार नै हुने निर्णय गरेर घटनाको वास्तविकताको बारेमा सोधपुछ गरेँ । त्यही तस्वीरको कारणले तोडफोड भएको रहेछ । मैलै नवीन पहाडीलाई पनि सोधेँ । नवीन दाईले नेविसंघका विद्यार्थीहरुले भर्ना नभएका विद्यार्थीलाई अन्तरवार्तामा सामेल गराएको भन्ने सुचना बुझ्न अन्तरवार्ता कक्षमा आफु गएको र आफु गलत नियतले नगएको बताए ।

यता नेविसंघ लगायतका विद्यार्थी संगठनका विद्यार्थीले भने अनेरास्ववियु निकटका विद्यार्थीलाई छात्रावृत्ति दिलाउन अन्तरवार्ता कक्षमा गएको आरोप लगाए ।कुरा के सत्य हो छुट्याउन गाह्रो भयो । अनि साथी निर्मलसँग सोधेँ । उसले नवीनले गरेको कुरा थाहा नभएको बतायो । उसले नवीन अन्तरवार्ता कक्षमा प्रवेश गर्नु गल्ती भएको र अन्य संगठनले तोडफोड गर्नु महागल्ती भएको बतायो ।

म भने आफुलाई, क्याम्पसलाई र राजनितिलाई धिक्कार्दै केहीबेर चउरमा रुमल्लिएँ अनि बाहिर निस्किएँ ।साईकलमा सोच्दै स्नात्तकोत्तर क्याम्पसतिर लागेँ । पढ्नलाई लामो समय क्याम्पस नआएको पनि ठीकै हो कि जस्तो लाग्यो । मेरो मनमा तोडफोडबारे अनेकौँ प्रश्नहरु खेल्न थाले –म क्याम्पस आएकै दिन तोडफोड भयो अरु बेला के हुन्थ्यो, पढाई कि तोडफोड ? छात्रावृत्ति छनौटको अन्तरवार्ता किन गोप्य हुन सकेन ? विद्यार्थी नेताहरु विचारले लड्ने कि तागत देखाउने ? क्याम्पस प्रशासनले गर्ने छात्रबृत्ति वितरणमा प्रत्यक्ष अप्रत्यक्ष किन हस्तक्षेप हुन्छ ? विद्यार्थी नेताको नाममा अनैतिक क्रियाकलाप किन ? तोडफोड गर्नेलाई कारबाही हुन्छ कि त्यसै सेलाउँछ ? सरकारी सम्पत्ति मेरो पनि हो, कसैलाई तोड्ने अधिकार छ ? अनि म निराश भए यि प्रश्नका जवाफ मैले पाउन सक्दिन भनेर ।

Advertisement
         टेकराज बन्जरा

भर्खरको समाचार

छारे रोगविरुद्ध न्यूरोको बृहत् जनचेतना र्‍याली : ’अन्धविश्वास त्यागौँ, सही उपचार रोजौँ’

5

लिपुलेक हाम्रो होः बालेनका लागि लिपुलेकको भारी

00nepal-KathmanduMayor-profile-01-cplk-articleLarge

रास्वपामा स्वर्णिमदेखि कुलमानसम्मको शक्ति,रविलाई छ चुनौती

balen rabi rasopa team

अमेरिकाको तेल रिफाइनरीमा ठूलो विस्फोट,टेक्सास शहर हल्लियो

80eb1cf7-a3fe-48b7-a18b-028766ac5c68

इरानले वार्ता झुटो भनेपछि विश्व बजारमा तेलको मूल्यमा उछाल

iran-flag_TkC5X0MaQr

११० सैनिक विमान दुर्घटनाग्रस्त, ६६ जना मारिए, कोलम्बियामा शोक

9bc583b1-4b64-473b-b3cf-5f61661e1861

इरानलाई अल्टिमेटम दिएका ट्रम्प किन एकाएक वार्तामा फर्किए?

trump khameni missiel

रास्वपाले बोलायो केन्द्रीय समिति, मन्त्रीको सूची बनाउँदै रवि–बालेन

Balen-Rabi at KTm Valley_NPL (10)

अमेरिकासँग इरानको वार्ता भएकै छैन्, ट्रम्पको दाबी अफवाह!

trump

दुहबीमा स्वास्थ्य क्षेत्र सुधारका लागि कुटनैतिक नियोगका अधिकारीसहित उच्चस्तरीय छलफल सम्पन्न

d17c7b9f-a3d8-44b2-992a-31625131637d

सम्बन्धित खबरहरु

Scroll to Top