पढ्ने भन्दा हिड्ने पीर : २२ किलोमिटर हिँडेर स्कुल आउजाउ

Share this
785shares

प्युठान : प्युठानको माण्डवी गाउँपालिका–१ कुमालटारकी कृष्णा ठेडी बिहान ६ बजे उठ्छिन्। राम्रोसँग हातमुख धुन नपाउँदै उनलाई विद्यालय हिँड्न हतार हुन्छ। केहीबेर घरमा ढिला गरिहाले साथीहरूले छाड्छन्।

Advertisement

तीन घण्टा पैदल यात्रापछि मात्र उनी विद्यालय पुग्छिन्। बिहानै गाडी पाउँदैन। संयोगवश गाडी भेटिहाले पनि रोक्दैनन्। ठेडीलाई राम्रोसँग पढ्नेभन्दा धेरै पिरलो विद्यालय पुग्ने र फर्किनेमै हुने गरेको छ।

बिहान घरमा परिवारसँग बसेर खाना खानु उनका लागि बिरानो बनिसक्यो। चिया, नास्ता खाएर टिफिनको खाना बोकेर उनी दिनहुँ विद्यालय पुग्ने गर्छिन्।

Advertisement

अतिरिक्त कक्षा र ट्युसन पढ्दा पाँच बजे नै उनी विद्यालय हिँड्नुपर्छ। दिन छोटा हुँदा अँध्यारोमा हिँड्नै मुस्किल हुने गरेको उनी दुःखेसो पोख्छिन्।

नौ कक्षामा अध्ययनरत १७ वर्षकी ठेडीको दैनिकी विद्यालय आउने–जाने चिन्ताले बित्ने गरेको छ। थकानले गर्दा राम्रोसँग पढ्न पाउँदैनन्। झोलाभरि कापी, किताब बोकेर उनीसहित थुप्रै विद्यार्थी घण्टौँ पैदल यात्रापछि मात्र विद्यालय पुग्ने गरेका छन्।

Advertisement

माण्डवी माध्यमिक विद्यालय नयाँगाउँमा पढ्न जाने टाढाका बालबालिकाले वर्षौंदेखि यस्तै पीडा झेल्दै आएका छन्। ११ किलोमिटर टाढाको दूरीबाट बालबालिका हिँडेर विद्यालय पुग्ने गर्छन्। थक्लेनी, कुमालटार, सिमलचौर, एकचोटेलगायत क्षेत्रका बालबालिकालाई विद्यालय पुग्नै सकस हुने गर्छ।

आठ कक्षासम्म जस्पुरस्थित भवानीश्वरी आधारभूत विद्यालयमा पढेको उनले सुनाइन्। माध्यमिक विद्यालयमा आउजाउ गर्न करिब २२ किलोमिटर हिँड्नुपर्छ।  यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top