विएफएमले आयोजना गरेको खुल्ला गजलमा खोटाङका गजलकार पहिलो

२५ माघ ७५, शुक्रबार
Share this
738shares

विराटनगर, माघ २५
विराटनगरस्थित विएफएमले आयोजना गरेको खुल्ला गजल प्रतियोगितामा खोटाङका छविलाल भण्डारी प्रथम भएका छन् । विएफएमको १३ औं वार्षिकोत्सवका अवसरमा आयोजना गरेको खुल्ला गजल प्रतियोगितामा वाचन गरिएका २२ जना गजलकारलाई उछिन्दै भण्डारी प्रथम भएका हुन् । उनले ५ हजार नगदसहित ट्रफी र प्रमाणपत्र हात पारे ।

Advertisement

त्यस्तै भोजपुरकी घिमिरे लक्ष्मी उध्र्वगामी द्वितीय र सुनसरीकी राधा भट्टराई तथा भोजपुरका आयुष बुढाथोकी तृतीय भए । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्राज्ञ विवश पोखरेल र एफएमका कार्यकारी निर्देशक डा. सन्देशदास श्रेष्ठले क्रमशः ३ हजार र १ हजार ५ सय नगदका साथमा ट्रफी र प्रमाणपत्र प्रदान गरे ।

Advertisement

वार्षिकोत्सवका अवसरमा एफएमले हरेक वर्ष खुल्ला गजल प्रतियोगिता आयोजना गर्दै आएको छ । देशभरबाट प्राप्त भएका ९६ गजलमध्ये वाचनका लागि २२ वटा गजल छानिएको कार्यक्रम संयोजक मीनकुमार नवोदितले जानकारी दिए । २२ वटा गजलमध्येबाट साहित्यकार दिङ्लाली कान्छो र बद्री भिखारीको निर्णायक समितिले पुरस्कृत गजलकार छनौट गरेको हो ।

त्यस्तै समारोहमा वरिष्ठ संगीतकार एवं संगीत प्रशिक्षक कुशेश्वर राई र भ्वाइस अफ नेपालमा उत्कृष्ट हुने श्रृजे थपलियालाई सम्मान गरिएको थियो । एफएमले गत वर्षदेखि संगीतसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान गर्दै आएको छ । कार्यक्रममा स्वर संगम संगीतालयका कलाकारहरुले वसन्त राग प्रस्तुत गरेका थिए ।

Advertisement

समारोहमा रमाप्रसाद रिजाल, देवी पन्थी, मधु पोखरेल, लावण्य सापकोटा, भरत गुरागाईं, रोमा निरौला, पूजा आराधना, एन्जिला पन्तलगायतले पनि अप्रतियोगी गजल प्रस्तुत गरे । हाँस्यकलाकार पारस थापाले क्यारिकेचर गर्दा दर्शक पेट मिचीमिची हाँसेका थिए । प्राज्ञ पोखरेलले विएफएमले स्थापनाकालदेखि नै कला, साहित्य र संगीतलाई माया गरेको बताए ।

उनले एफएम रेडियोमाझ विएफएमले आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको बताए । ‘अहिले एफएमहरु टोलैपिच्छ खुलेका छन्,’ पोखरेलले भने, ‘तर विएफएमले आफ्नो स्तरलाई उच्च राख्न सफल भएको छ ।’ कार्यकारी निर्देशक श्रेष्ठले स्रोताले सुन्न लायक रेडियो बनाउन सफल भएकोमा खुसी व्यक्त गरे । उनले स्थापनादेखि नै विएफएमले कला, साहित्य र संगीतलाई सम्मान गर्दै आएको बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top