×

NEPAL TIMES UPDATES

Playing
ओली राजीनामा नदिने अडानमा, बादल एक्लैले गरे प्रतिकार|| Nepal Times
May 22, 2026
Playing
भारतलाई भारी पर्नेछ मजाकको कक्रोज,नेपालको विद्रोहसँग कसरी जोडिन्छ ?|| Nepal Times
May 22, 2026
Playing
रास्वपाका माननीयहरुले रविलाई मन फुकाएर सुनाए|| Nepal Times
May 22, 2026
Playing
Watch Top50 News Of The Day || Jestha-08-2083 || Nepal Times
May 22, 2026
Playing
भारतीय ‘कक्रोज‘ले किन भने नेपाल र बंगलादेशसँग तुलना नगर्नु ?|| Nepal Times
May 22, 2026
Playing
पिता बिना ट्रम्प जुनियरको विवाह,ट्रम्पको परिवारमा को–को छन् ?|| Nepal Times
May 22, 2026
Playing
सांसद्हरुले प्रधानमन्त्री र मन्त्रीको पोल सुनाएपछि रविले के भने ?|| Nepal Times
May 22, 2026
Playing
अमेरिकाविरुद्ध नेपालको शानदार जित,इशान र सन्दीपको जादु || Nepal Times
May 22, 2026
Playing
रवि, छवि र जिवीविरुद्ध अब सहकारी ठगी मुद्दा मात्रै चल्ने|| Nepal Times
May 22, 2026
Playing
नेपालमा पाकिस्तानको जस्तो “हाइब्रिड शासन मोडेल” सम्भव होला ?|| Nepal Times
May 22, 2026

आइसिसीले पठायो दुई वर्षदेखि रोकिएको २१ क्रिकेटरको तलब

२७ माघ २०७५

काठमाडौँ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले नेपाली खेलाडीको रोकिएको दुई वर्षको तलब एकमुष्ठ पठाएको छ ।

नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनमा परेसँगै नेपाली खेलाडीले दुई वर्षदेखिको तलब पाएका थिएनन् । राष्ट्रिय खेलकूद परिषद् (राखेप)को पहलमा आइसिसीले दुई वर्षको खेलाडीको तलब एकमुष्ठ रु एक करोड २७ लाख ८७ हजार ७८२ पठाएको राखेपले जनाएको छ ।

Advertisement
Advertisement

‘हामीले आइसिसीबाट तलब पाउँदै आएका २१ खेलाडीसँग सम्झौता गरेर आइसिसीमा पठाएका थियौं । हिजो मात्र पैसा आएको छ’ राखेप सदस्य सचिव केशव विष्टले भने ।

सन् २०१७ र १८ मा नेपालका लागि खेलेका क्रिकेटरलाई ए, बी र सी गरी तीन श्रेणीमा राखिएको छ । त्यसअनुसार राखेपले प्रत्येक खेलाडीहरुसँग सम्झौता गरेर तलबका लागि आइसिसीमा पत्र पठाएको थियो ।

Advertisement
Advertisement

आइसिसीले ‘ए’ श्रेणीका लागि मासिक रु ३५ हजार, ‘बी’ श्रेणीका लागि रु २५ हजार र सी श्रेष्णीका खेलाडीलाई रु १५ हजार मासिक तलब उपलब्ध गराएको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ ।

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top