विवादमा न्यायाधीश सिफारिस

२० पुस ७४, शुक्रबार

न्यायपरिषद्कै एकजना वरिष्ठ सदस्यको असहमतिका बीच बिहीबार उच्च अदालतका लागि चार जना मुख्य न्यायाधीश सिफारिस भएको छ।

परिषद् अध्यक्ष प्रधानन्यायाधीश गोपाल पराजुलीको अध्यक्षतामा बसेको परिषद् बैठकले बहुमत निर्णयका आधारमा मुख्य न्यायाधीश सिफारिस गरेको हो।

परिषद् सदस्य रहेका सर्वोच्चका वरिष्ठ न्यायाधीश दीपकराज जोशीले मर्यादाक्रममा अरू न्यायाधीशसँगै रहेकी उच्च अदालतकी न्यायाधीश सुष्मलता माथेमा मुख्य न्यायाधीशबाट बाहेक हुने स्थिति बैठकमा आएपछि निर्णयमा असहमति जनाउँदै ‘नोट अफ डिसेन्ट’ लेखेका हुन्।

Advertisement

सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार नहकुल सुवेदीलाई उच्च अदालत तुलसीपुरको मुख्य न्यायाधीश, जनकपुरमा कार्यरत उदयप्रसाद चापागाईंलाई सोही उच्च अदालतको मुख्य न्यायाधीश, वीरगन्ज उच्चमा कार्यरत यज्ञ बस्याललाई दीपायल र बुटवल उच्च अदालतमा कार्यरत हरिकुमार पोखरेललाई सुर्खेतको मुख्य न्यायाधीशमा सिफारिस गरिएको छ।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top