हिरो वुमन्स गोल्डकपमा नेपालले इरानसँग खेल्दै, जित्नै पर्ने दबाव

विराटनगर, फागुन १
हिरो वुमन्स गोल्डकप फुटबलमा आज नेपालले इरानसँग प्रतिस्पर्धा गर्दैछ । भारतको भुवनेश्वरस्थित कालिंगाा रंगशालामा नेपालले राउण्ड रोविनको आफ्नो अन्तिम खेलमा इरानसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

आजको यो खेलमा नेपालले जित हात पारे फाइनल पुग्ने सम्भावना नेपालको प्रबल रहेको छ । इरानसँग बराबरी खेले पनि नेपालको फाइनलमा पुग्ने सम्भावना कायमै रहन्छ । तर राउण्ड रोविनको अन्तिम खेलमा भारत म्यानमारसँग पराजित हुनु पर्ने हुन्छ ।

स्थानीय समयअनुसार दिउँसो चार बजे हुने खेलमा नेपाल स्पष्ट जित निकाल्ने लक्ष्यमा छ । नेपालले आफ्नो पहिलो खेलमा म्यानमारसँग पराजित भएपनि दोस्रो खेलमा घरेलु टोली भारतलाई २—१ गोलअन्तरले पराजित गर्दै उच्च मनोबल बनाएको छ । यता इरान भने यसअघिका दुवै खेलमा हार्दै प्रतियोगिताबाटै बाहिरिसकेको छ ।

नेपाल अहिले अंक तालिकाको तेस्रो स्थानमा छ । दुवै खेलमा शतप्रतिशत जित हात पारेको म्यानमार शीर्ष स्थानमा रहेको छ । एक खेलमा जित र एक खेलमा हार ब्यहोरेको भारत दोस्रो स्थानमा छ । पहिलो र दोस्रो हुने टिम फाइनलमा प्रवेश गर्नेछन् । भारत र म्यानमारबीचको खेल पनि आजै हुदैछ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top