मिडियाले पार्टी फुटाउने प्रयत्न गरेः सञ्चारमन्त्री बाँस्कोटा

काठमाडौं, फागुन १
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकार आवधिक हुने भए पनि लोकतन्त्र आवधिक नहुने भएकाले उकुसमुकुस भएर प्रस्तुत नहुन प्रमुख प्रतिपक्षी दललाई आग्रह गरेका छन् ।

Advertisement

सामुदायिक रेडियो प्रसारक सङ्घ (अको¥याब) राष्ट्रिय सम्मेलन र साधारणसभाको उद्घाटन गर्दै सरकारका प्रवक्ता बाँस्कोटाले यही फागुन ३ गते सरकार गठन भएको एक वर्ष पुग्ने जानकारी दिँदै सरकारले यस अवधिमा थुप्रै राम्रा कामहरु गरेपछि स्थान नपाएको गुनासो गरे ।

नेपाल कम्युनिष्ट पार्टीको सरकारलाई कमजोर नदेख्न आग्रह गर्दै उनले चार वर्षपछि चुनावमा जानुपर्छ भनेरै कानून बनाउने र काम गर्ने प्रष्ट पारे । ‘२२ वर्ष प्रतिपक्षमा बसेको अनुभव छ’, काङ्गे्रसप्रति लक्षित गर्दै उनले भने, ‘प्रतिपक्षमा छ महीना बसेकै यति उकुसमुकुस, सरकार आवधिक हो तर डेमोक्रेसी आवधिक होइन, डेमोक्रेसी हामीले पनि लडेर ल्याएको हो, त्यसैले प्रदूषणको राजनीति गर्ने नगरौँ ।’

Advertisement

उनले छिट्टै फेसबुकलगायत सामाजिक सञ्जालको दर्तासमेत नेपालमै गर्न सकिने व्यवस्था हुन लागेको र नेपालको आफ्नै स्याटलाइट (भूउपग्रह) सञ्चालनमा ल्याउने तयारी भएको बताए। केही महीनापछि स्याटालाइट सञ्चालनसम्बन्धी सम्झौता हुने उनको भनाइ थियो ।

उनले सञ्चार माध्यमहरुले सरकारले गरेका राम्रा कामविरुद्ध पूर्वाग्रह राख्न नहुने बताए । उनले सञ्चार माध्यमले पार्नुपर्ने भन्दै लहैलहैमा लागेर जनताको सपनामाथि तुषारापात गर्ने काम नगर्न आग्रह गरे । उनले कतिपय मिडियाले पार्टी फुटाउने प्रयत्नसमेत गरेको आरोप लगाए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top