काठमाडौंको खानेपानीको समस्या हल गर्न सरकार गम्भीर छ : मन्त्री मगर

१ फागुन ७५, बिहीबार

काठमाडौं, फागुन १
खानेपानीमन्त्री बिना मगरले काठमाडौं उपत्यकाबासीले झेल्नुपरेको खानेपानीको समस्यालाई गम्भीरतापूर्वक सरकारले हल गर्न खोजिरहेको बताएकी छिन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को एघारौं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले काठमाडौंबासीले झेल्नुपरेको खानेपानीको समस्या समाधानमा सरकार निकै गम्भीर रहेको बताएकी हुन् । उनले मेलम्ची आयोजनामा देखिएको समस्या समाधान गर्न सरकार गम्भीर ढंगले अघि बढिरहेको बताइन् ।

बार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उनले भनिन्, ‘मेलम्चीले नयाँ चुनौतिसँग संघर्ष गरिरहेको छ । मेलम्चीको विषयमा केही अन्यौल देखिए पनि यो सधैं रहँदैन । खानेपानीको सही व्यवस्थापन गर्न केयुकेएल प्रतिबद्ध भएर लाग्नुपर्छ । केयुकेएलको कार्य क्षमताका विषयमा आम जनताले चासोका साथ हेरिरहेका छन् ।’

केयुकेएलको भूमिका र उद्देश्य निकै महत्वपूर्ण रहेको बताउँदै मन्त्री मगरले यस संस्थाको गरिमा बचाई राख्न आग्रह गरिन् । उनले मन्त्रालयले केयुकेएललाई सक्षम र मजबुत बनाउन कुनै कसर बाँकी नराख्ने उल्लेख गरिन् ।

Advertisement

कार्यक्रममा कीर्तिपुर नगरपालिकाका नगर प्रमुख रमेश महर्जनले केयुकेएलबाट जनताले धेरै आशा राखेको भन्दै केयुकेएललाई काकाकुल कम्पनी नबनाउन आग्रह गरे । मन्त्रालयका सहसचिव तेजराज भट्टले केयुकेएलको भूमिका बढ्दै गएको बताउँदै यसलाई अझै सुधार गरेर लैजानुपर्नेमा जोड दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

विष्णु पौडेल पक्राउ परेपछि एमालेमा ट्विस्ट, अब प्रचण्डको प्रतिक्षा

Screenshot 2026-06-25 174156

सम्बन्धित समाचार

Scroll to Top