एकवर्षमा समृद्धिको आधार तय भयो – प्रधानमन्त्री (सम्बोधनको पूर्णपाठसहित)

काठमाडौं, फागुन २
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पहिलो कार्यकालले देशलाई समृृद्ध बनाउनका लागि आधार तयार भएको बताएका छन् । सरकार गठन भएको एक वर्ष पुगेको अवसरमा बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै उनले ९ महिनाको सरकार जस्तो हतार हतारमा काम गर्ने बानी परेकाहरुका लागि केही नलागेपनि आधार भने तय गरेको बताए ।

उनले आफ्नो पहिलो बर्षको कार्यकालमा विकास निर्माण, संघीयता कार्यान्वयन, कर्मचारी समायोजन, संविधान अनुसार मौलिक हकको कार्यान्वयन लगायतका काम गर्न सफल भएको बताए । प्रधानमन्त्रीले २५ कानुन पारित, २३ विधेयक विचाराधिन २४ विधेयक प्रस्तुत भएको र लगानी मैत्री वाताबरणका लागि ऐन परिमार्जनको तयारी भएको जानकारी गराए ।

उनले ८७ वटा पुल, ४१७ झोलुङगे पुल बनाएको, तथा जयनगर जनकपुर रेल सेवा सञ्चालनको काम भएकाले विकासले तीव्रता पाएको बताए ।औद्योगिक क्षेत्रको विस्तार, उद्योग दर्ता एकल सेवा केन्द्रको तयारी भएको तथा अन्तर्राष्ट्रिय लगानीकर्तालाई लगानीका लागि आह्वान गरेको प्रधानमन्त्रीले बताए । उनले त्रिवि विमानस्थल २४ घण्टा सञ्चालन तथा अन्य विमानस्थलहरु पोखरा,लुम्बिनी, तथा निजगढ विमानस्थलको निर्माण तथा सञ्चालन गर्न तीव्र तयारी भएकोे आफ्नो उपलव्धिका रुपमा व्याख्य गरेका छन् ।

Advertisement

सम्बोधनको पुर्ण पाठ हेर्न तलको लिंक खोल्नुहोस् :

https://drive.google.com/file/d/1oo8Wujf6lpePp81T6bH81HiryD7MmSEY/view

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top