नोबेल सञ्चालक डा.शर्माद्वारा एक हजार बिद्यार्थीलाई निःशुल्क चिकित्सा शिक्षा पढाउने घोषणा

३ फागुन ७५, शनिबार

विराटनगर,फागुन ४
नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलका सञ्चालक डा.सुनिल शर्माले एक हजार बिद्यार्थीलाई चिकित्सा शिक्षा निःशुल्क पढाउँने घोषणा गरेका छन् । ३ सय भन्दा बढी विद्यार्थीलाई ‘स्तरीय र महंगो’ चिकित्सा शिक्षा निःशुल्क पढाईसकेका डा.शर्माले जम्मा एक हजार विद्यार्थीलाई निःशुल्क अध्ययन गराउँने उद्घोष गरेका हुन् ।

मोरङको भाउन्नेमा आयोजित नेपाल दलित संघको ३ नम्बर क्षेत्रीय अधिवेशनलाई शुक्रबार संबोधन गर्दै डा.शर्माले भने ‘नोबेलमा हामीले गरिव, विपन्न, दलित र पिछडाबर्गका विद्यार्थीहरुलाई छनौट गरी निःशुल्क पढाउँदै आएका छौ । अहिलेसम्म ३ सय भन्दा बढी बिद्यार्थीलाई पढाईसक्यौ । जम्मा एक हजार बिद्यार्थीलाई निःशुल्क पढाउँछौ ।’ आगामी शैक्षिक सत्रमा ६२ जना बिद्यार्थीलाई निःशुल्क पढाउने जानकारी दिँदै डा.शर्माले आफुले सकेसम्म यो क्रमलाई जारी राख्ने बताए ।

Advertisement

गरिव, बिपन्न तथा पिछडाबर्गका बिद्यार्थीलाई प्राथमिकतामा राखेर निःशुल्क अध्ययनका लागि छनौट गरिने भएपनि बिद्यार्थी छान्ने क्रममा पार्टी अथवा कुनै क्षेत्र बिशेष नहेरिने डा.शर्माको दाबी छ । नेपाली कांग्रेसका महासमिति सदस्यसमेत रहेका डा.शर्माले कार्यक्रममा सहभागिलाई लक्षित गर्दै भने ‘यो मानवीय काम हो । यसमा कुनै पार्टी वा क्षेत्र नहेरी वास्तविक रुपमा कठै भन्ने अवस्थाका बिद्यार्थीलाई हामीसँग ल्याउँनुहोस् । हामी निःशुल्क पढाईदिन्छौ ।’

Advertisement

डा.शर्माले गाउँ–गाउँका गरिव तथा विपन्न बिद्यार्थीलाई लगेर डेन्टल हाईजिन, रेडियोग्राफी, ल्याव टेक्निसियन, स्टाफ नर्स, वीडीएसदेखि एमवीवीएससम्म पनि निःशुल्क पढाउँदै आएका छन् । ३ लाखदेखि ६० लाखसम्म खर्च लाग्ने कोर्ष पनि डा.शर्माकै लगानीमा बिद्यार्थीले निःशुल्क पढ्न पाएका छन् । दलित समुदायको तर्फबाट नोबेलमा निःशुल्क अध्ययन गर्दै आएका बिद्यार्थीहरुलाई पनि कार्यक्रममा बोल्न दिईएको थियो । सो क्रममा बोल्दै उनीहरुले कमजोर आर्थिक अवस्थाका कारण सामान्य बिषय पनि पढ्न नसकिरहेको अवस्थामा उत्कृष्ठ र महंगो शिक्षा निःशुल्क पढाईदिएको भन्दै शर्माको प्रशंसा गरेका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

ओली–प्रचण्डको नयाँ गेमप्लान ! फेरि एकै जहाजका दुई पाइलट

_126009314_prachanda_oli_

ब्रिटिस काउन्सिल नेपालद्वारा उत्कृष्ट साझेदार संस्थाहरु सम्मानित

British Council PR_IELTS Partner Summit_Nepali_25 June 2026 (1)

हालान्ड  VS एमबाप्पेः विश्वकपको सबैभन्दा ठूलो भिडन्त !

66a54980-db9c-44ce-bbe1-13c6474a1cb6

चीनको हात टिष्टा नदीमा चोबलियो

TISTA NADI

भारतमा विना निर्वाचन दुई–तिहाइ पुर्याउने मोदीको खेल

ovhrqjf_pm-modi_625x300_21_April_25

मेस्सीको जन्मोत्सवको अवसरमा DGO र हिमालयन स्पोट्र्सद्वारा उपहार योजना घोषणा

Himalaya-Dgo-Lockup_1-2_copy

रास्वपा उपसभापतिमा सोविता र तोसिमा भिड्दै

sobita-toshmia

राहदानी खरिद प्रकरणको अनुसन्धान ओलीतर्फ कसरी सोझियो ?

UMohNunsd6yfBacoQ1S4A0PRjWkb2rDuQNufheIe

भेनेजुएलामा Doublet Earthquake ,जापानमा ६.९, क्यालिफोर्नियामा ५.६ रेक्टरको भूकम्प

AFP__20260624__B88K6XZ__v1__HighRes__VenezuelaEarthquake-1782364061

इरान युद्ध रोकियो, तेलको भाउ पनि घट्यो तर नेपालमा किन घटेन ?

petrol-pump-india_AFP

सम्बन्धित समाचार

Scroll to Top