प्रदेश र स्थानीय तहको उपनिर्वाचन गर्ने तयारीमा सरकार

काठमाडौं : सरकारले रिक्त रहेको प्रदेशसभा सदस्य र स्थानीय तहका पदाधिकारीको चयनका लागि उपनिर्वाचन गराउने आन्तरिक तयारी सुरु गरेको छ।, याे समाचार आजकाे गोरखापत्र दैनिकमा छ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले गत साता प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गर्दा उपनिर्वाचन गराउने प्रधानमन्त्री सकारात्मक रहनुभएको बताए।

निर्वाचन गराउनका लािग स्थानीय तह र निर्वाचनसँग सम्बन्धित कतिपय ऐनहरु संशोधनको प्रक्रियामा छन्। कतिपय ऐन प्रतिनिधिसभाबाट पारित भएका छन् भने राष्ट्रियसभाबाट पारित हुन बाँकी छन्।

Advertisement

निर्वाचन आयोग एनेका केही दफा पनि संशोधनको प्रक्रियामा रहेको छ। अब हुने उपनिर्वाचन छिटोमा आगामी नयाँ वर्षको बैशाखको अन्त्यसम्म हुने सम्भावना छ।

निर्वाचनसँग सम्बन्धित ऐनहरु संशोधन भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्रै उपनिर्वाचनको प्रक्रिया अगाडि बढ्छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top