×

NEPAL TIMES UPDATES

Playing
चीनको ‘कायाकल्प’ र ‘मेक अमेरिका’ सँगसँगै बढ्ने, सीलाई निम्ता|| Nepal Times
May 14, 2026
Playing
विश्वकप फुटबलको तालिका के छ ?नेपालबाट कति बजे हेर्ने ?|| Nepal Times
May 14, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-31-2083 || Nepal Times
May 14, 2026
Playing
नीति तथा कार्यक्रम ः विपक्षी सांसद्ले आलोचना गरे, सत्तारुढले बचाऊ|| Nepal Times
May 14, 2026
Playing
सरकारदेखि आफ्नै पार्टीकालाई गगनको चेतावनी, किन रिसाए ? || Nepal Times
May 14, 2026
Playing
ट्रम्प–सी बैठक २ घन्टामा सकियो, के के भयो छलफल ? || Nepal Times
May 14, 2026
Playing
कर्मचारी र विद्यार्थी राजनीति अन्त्य गर्ने सरकारी निर्णयमा न्यायपालिकाको ब्रेक|| Nepal Times
May 14, 2026
Playing
World News: बेइजिङ वार्ताः सहकार्यसँगै द्व*न्द्वको चेतावनी, नेतन्याहुको UAEमा गोप्य भ्रमण
May 14, 2026
Playing
सुकुम्बासीको मुद्यामा बालेन घेरिए, अब घर भाडा दिने|| Nepal Times
May 14, 2026
Playing
बिरामी हुँदा पनि संसद् पुग्ने प्रधानमन्त्रीको इतिहास || Nepal Times
May 14, 2026

पटकपटक धम्की खेप्दै आएका वसन्तमाथि यसरी भयो गोली प्रहार

२२ पुष २०७४

बुटवल – रुपन्देहीमा फेरि एमाले कार्यकर्ताको गोली हानी हत्या भएको छ । देवदह नगरपालिका–२ का फर्निचर व्यवसायी वसन्त पौडेल (बलु) को शुक्रबार हत्या भएको हो । मोटरसाइकलमा आएका दुईजनाले उनलाई गोली हानेका हुन् । छातीमा गोली लागेका पौडेलको लुम्बिनी अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको इप्रका बुटवलका डिएसपी पवन भट्टराईले बताए । आजको नयाँ पत्रिकामा खबर छ ।

जिम्मा मनोज पुनले लिए
हत्याको जिम्मा मनोज पुनले लिएका छन् । यसअघि युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा पनि उनकै संलग्नता थियो । आफू मलेसियाबाट बोलेको भन्दै उनले वसन्तको हत्या ‘आफ्ना केटाहरूले’ गरेको बताएका छन् । केही सञ्चारकर्मीलाई फोन गरेर उनले आफूसँगको रिसइवीका कारण हत्या गरेको बताएका छन् ।

Advertisement
Advertisement

को हुन् वसन्त ?
पौडेल स्थानीय एमाले नेता नीलकण्ठ पौडेलका एक मात्र छोरा हुन् । साबिकको केरवानी गाविसका पूर्वअध्यक्ष नीलकण्ठ देवदह क्षेत्रका समाजसेवी हुन् । विगतमा युवासंघको क्षेत्रीय कोषाध्यक्ष भएर काम गरेका वसन्तले पछि पार्टी सदस्यता लिएका थिए । युवासंघका तत्कालीन अध्यक्ष दुर्गा तिवारीसँगै युवासंघको राजनीतिमा सक्रिय वसन्तले उज्ज्वल सःमिल चलाउँदै आएका थिए ।

पटकपटक धम्की खेप्दै आएका थिए वसन्तले
स्थानीय एमाले नेताहरूका अनुसार वसन्तलाई मनोज पुनको नाममा पटकपटक धम्की आउने गरेको थियो । दुर्गा तिवारीको हत्यालगत्तै अब तेरो पालो हो भन्ने धम्की वसन्तले पाएका थिए । पटकपटक धम्की आएको कुरा प्रहरी प्रशासनलाई पनि थाहा रहेको स्थानीयको भनाइ छ । पटकपटक धम्की खेप्दै आएका वसन्तले पछिल्लोपटक मोबाइल नम्बर नै परिवर्तन गरेका थिए ।

को हुन् मनोज ?
युवासंघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारी र वसन्त पौडेलकोे हत्यामा संलग्न भनिएका मनोज पुन विगतमा युवासंघकै कार्यकर्ता थिए । रूपन्देहीको देवदह नगरपालिका–६ का मनोज पुन भन्ने मनोज बुढामगरको समूहले पछिल्ला वर्षमा चन्दाआतंक मच्चाउँदै आएको छ । मनोज संगठित अपराध, हातहतियार खरखजाना र ज्यान मार्ने उद्योग मुद्दामा संलग्न रही फरार रहेको प्रहरीको भनाइ छ । ४ पुस ०७३ मा युवासंघ रूपन्देहीका अध्यक्ष दुर्गा तिवारीको हत्यामा मनोज पुनको संलग्नता रहेको प्रहरीले जनाएको छ ।

युवासंघद्वारा अनिश्चितकालीन बन्दको घोषणा


पौडेल हत्याको विरोधमा युवासंघ नेपालले शनिबार बिहान ७ बजेदेखि अनिश्चितकालीन रूपन्देही बन्दको घोषणा गरेको छ । संघका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज सुजु मल्ल र जिल्ला अध्यक्ष नकुल शाहीले शुक्रबार विज्ञप्ति जारी गर्दैे पौडेलको हत्या अत्यन्तै दुःखद र निन्दनीय भएको भन्दै अनिश्चितकालीन जिल्ला बन्द गर्न बाध्य भएको उल्लेख गरेका छन् । ‘युवासंघका जिल्ला अध्यक्ष दुर्गा तिवारीलाई गोली हानी हत्या भएको ठीक एक वर्षपछि फेरि यस्तो घटना घट्नु प्रहरी प्रशासनको कमी–कमजोरी हो, जबसम्म यो घटनामा संलग्न हत्यारा पक्राउ गरिँदैन, तबसम्म हाम्रो आन्दोलन रोकिने छैन,’ विज्ञप्तिमा भनिएको छ ।

Advertisement

यसरी भयो गोली प्रहार
शुक्रबार बिहान करिब ११ बजे वसन्त र उनकी पत्नी ढेकारस्थित सःमिलको कम्पाउन्डभित्र आगो तापेर बसेका थिए । त्यही वेला मोटरसाइकलमा दुईजना आए । इप्रका बुटवलका डिएसपी पवन भट्टराईका अनुसार सुरुमा उनीहरूले आफूलाई काठ चाहिएको बताएका थिए । लगत्तै एकजनाले पौडेलमाथि गोली प्रहार गरे । छातीमा गोली लागेका उनी त्यहीँ ढले । गोली हानेपछि उनीहरू मोटरसाइकलमै फरार भएका छन् । पौडेललाई तत्काल उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल लगिएको थियो । त्यहीँ उनको मृत्यु भएको हो ।

Advertisement

भर्खरको समाचार

सम्बन्धित खबरहरु

Scroll to Top