संघलाई मुख्यमन्त्रीहरुको चेतावनी: अधिकार कटौती गर्ने प्रयास नहोस्

Share this
711shares

काठमाडौँ : मुख्यमन्त्रीहरुले संघीयता कार्यान्वयनका लागि केन्द्रीकृत मानसिकता मुख्य बाधक बनिरहेको बताएका छन्। उनीहरुले शून्यबाट सुरु भएका प्रदेशहरु एक वर्षको अवधिमा चल्न सक्ने अबस्थामा पुग्नुलाई उपलव्धी मान्न आग्रह गरे।

Advertisement

एक वर्षको प्रादेशिक शासकीय अभ्यास गरिसकेका ६ वटा प्रदेशका मुख्यमन्त्रीहरुले सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन्।प्रदेश १, २, ३, ५, गण्डकी र कर्णाली प्रदेशका मुख्यमन्त्रीले अझै पनि केन्द्रबाट संविधानअनुसार अधिकार पूर्ण रुपमा पाइनसकेको गुनासो गरे।

यसको अर्ग प्रदेशहरु चल्नै नसक्ने अबस्था भने नरहेको उनीहरुको धारणा छ। प्रदेशहरु स्वायत्त भएकाले यसका अधिकार सीमित गर्ने खालको प्रयास नगर्न संघलाई उनीहरुले चेतावनी दिए।यो सामाचार आजको कान्तिपुर दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top