×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

पूर्वी नाका काँकडभिट्टाबाट आउने पर्यटकको संख्यामा वृद्धि

२३ पुष २०७४

काँकडभिट्टा, पुस २३
पूर्वी नाका काँकडभिट्टाबाट नेपाल भित्रिने पर्यटकको संख्यामा उल्लेख्य मात्रामा वृद्धि भएकोे काँकडभिट्टा अध्यागमन कार्यालयले जनाएको छ । सरकारले नाकामा पर्यटन प्रहरीको व्यवस्था गरेका कारण पनि नेपाल आउने पर्यटकको संख्यामा वृद्धि भएको हो ।

कार्यालय प्रमुख रामप्रसाद फुयाँलले सन् २०१७ मा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या सात हजार ५२८ पुगेको जानकारी दिए । यो संख्या सन् २०१६ को तुलनामा एक हजार ३२३ जनाले बढेको हो ।

Advertisement
Advertisement

यस वर्षमा पूर्वीनाका हुँदै पैदल मार्ग भएर सबैभन्दा बढी युएसए र भुटानी पर्यटक नेपाल घुम्न आएका छन् तर हरेक वर्ष बंगलादेशी पर्यटकको संख्या वृद्धि भए पनि सन् २०१७ मा पूर्वी नाका हुँदै नेपाल आउने बंगलादेशी पर्यटकको संख्यामा भने कमी आएको कार्यालयको तथ्यांकले देखाएको छ ।

सन् २०१६ मा यो नाका भएर २ हजार ३ सय ४८ बंगलादेशी पर्यटक नेपाल आएका थिए । सन् २०१७ मा २ हजार २५ जना मात्र आएका छन् । यो संख्या सन् २०१६ को तुलनामा ३ सय २३ जनाले कमी हो ।

विसं २००८ मा दिल्लीको ताज होटलमा आक्रमण भएलगत्तै भारतले बंगलादेशीलाई दोहोरो प्रवेशाज्ञा (भिसा) उपलब्ध गराउन छाडेका कारण त्यसको प्रत्यक्ष असर नेपालको पर्यटन क्षेत्रमा देखिएको कार्यालय प्रमुख फुँयालको भनाइ छ । यो वर्ष १ हजार ६ सय १६ भुटानका र ८ सय ८२ युएसएका पर्यटक यो नाका भएर नेपाल प्रवेश गरेका छन् ।

कार्यालयले अफगानिस्तान, इराक, घाना, जिम्बाबे, नाइजेरिया, लाइबेरिया, इथोपिया, क्याम्ब्रन, सोमालिया, प्यालेस्टाइन, स्वीजरल्याण्डलगायत ११ मुलुकका पर्यटकलाई भने नेपाल सरकारले प्रवेशाज्ञामा रोक लगाएको जनाएको छ ।

डेनमार्क, चीन, फ्रान्स, युके, दक्षिण कोरिया, भारत, स्पेन, मलेसिया, जर्मनी, इटाली, स्वीडेन, अष्टे«लिया, जापान, नेदरल्याण्ड, श्रीलंका, नर्वे, पाकिस्तान, सिंगापुर, थाइल्याण्ड, वेल्जियमलगायतका मुलकबाट नेपाल घुम्न हरेक वर्ष पर्यटक आउने गर्दछन् ।

Advertisement
Advertisement

पूर्वी नाकाबाट भित्रिने मात्र होइन बाहिरिने पर्यटकको संख्यामा समेत वृद्धि भएको छ । सन् २०१६ मा पाँच हजार ७१९ पर्यटक यो नाका भएर विदेशिएका र सन् २०१७ मा छ हजार ७४८ पर्यटक बाहिरिएका छन् ।
रासस

भर्खरको समाचार

जहाजमा धुवाँ त निभ्यो तर विमानस्थल प्रशासन किन मौन रह्यो

688956062_975343438419007_564329473711904265_n

एनसेलदेखि ५२ संवैधानिक नियुक्तिसम्म जोडिएका छन्, डा. मनोज शर्मा

manoj_sharma-750x375@2x

आज थर्कियो संसद्,लिपुलेकमा भारतले नाका खोल्दा सरकार कहाँ लुक्यो ?

0a282586-2f03-4924-a629-bd67ca872b11

देउवा दम्पती बेपत्ता १ समातेर नेपाल ल्याउन इन्टरपोललाई अर्को पत्र

deuba-aarju

इरानले पठायो जवाफ ट्रम्पलाई मन परेन, जवाफमा के छ त्यस्तो ?

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सुशीला बालेनसँग होइन पत्रकारसँग आक्रोशित,बालेन पत्नी नै राष्ट्रिय माता

sushila-karki-chief-justice-nepal-supreme-court-government-head-of-state-1021323-16x9_0

इरान युद्धले भारत पनि संकटमा, मोदीले भने सुन नकिन्नु, तेलको कुवा छैन्

modi

आजदेखि सरकारी कार्यालयमा सरसफाइ अभियान

696717662_975418858411465_20685342312549259_n

आज नीति तथा कार्यक्रम र ८ अध्यादेश संसदमा पेश हुँदै

677108931_958688953417789_3450960544499223528_n

काठमाडौँ ओर्लिएको टर्किस एयरलाइन्समा आगो, २८८ यात्रु सुरक्षित

688956062_975343438419007_564329473711904265_n

सम्बन्धित खबरहरु

Scroll to Top