‘सुखी नेपाली समृद्ध नेपाल’ को नारा नेताको भोगविलासका लागिःसिपी गजुरेल

विराटनगर, फागुन ९
देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका केन्द्रीय अध्यक्ष तथा मेची–महाकाली अभियानका संयोजक सिपी गजुरेलले वर्तमान सरकारको ‘सुखी नेपाली समृद्ध नेपाल’ को नारा नेतृत्वमा हुने व्यक्तिको भोगविलासका लागि मात्रै केन्द्रित रहेको आरोप लगाएका छन् ।

झापाको काँकडभिट्टाबाट सुरु भएको अभियानअन्तर्गत विराटनगरमा बिहीबार पत्रकार सम्मेलन गर्दै नेता गजुरेलले सरकारको नारा पदमा हुनेहरुका लागि मात्रै सार्थक भएको आरोप लगाए । उनले नेपालमा राजनीतिक क्रान्ति अन्तिम हुन नसक्नुको दोषसमेत वर्तमान सरकार र तीन तहको राज्य संरचनालाई जाने दाबी गरे ।

सरकारको नाराअनुसार जनताले राहतको अनुभूति नपाएको तर नेताका लागि आनन्द भइरहेको उनको कथन थियो । महँगी बढ्नु, हिंसा बढ्नु र गैरकानुनी कारोबार मौलाउनुको पछाडि सरकारको संरक्षण रहेको समेत नेता गजुरेलको भनाइ छ ।

Advertisement

समाजवाद उन्मुख संविधान जारी भएको देशमा स्वास्थ्य र शिक्षालाई माफियाकरण गरिनुले सरकारको कार्यशैली प्रष्ट पार्ने नेता गजुरेलले दाबी गरे । सरकार अतिवादतर्फ बढ्दै गएपनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निरीह बनेको भन्दै अब संसदभन्दा बाहिरबाट सरकारको विकल्प खोज्नुपर्ने उनको विचार थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top